उमेश पौडेल । १५ मंसिर, काठमाडौं ।

नेपाल राष्ट्रबैकका गभर्नर डा. चिरन्जिवी नेपालले यहि आवस्था रहिरहने हो भने संगठित कालोबजारी बढ्ने र मुल्यवृद्धि नियन्त्रण वाहिर जाने बताएका छन् ।

यस आर्थिक वर्षमा मुल्यवृद्धि ८.५ प्रतिशतमा सिमित राख्ने लक्ष्य राखेकोमा अहिले चालु आर्थिक बर्षको ३ महिनामा नै मुल्यवृद्धि ८.३ प्रतिशत पुगीसकेको र यो नियन्त्रणभन्दा वाहिर जाने संकेत भएको बताएका छन् । मुलुक निकै गाह्रो परिस्थीतिमा गुज्रिरहेको बताउँदै उनले भने “ उत्पादनको पहिचान गरेर देशलाई आत्मनिर्भर बनाउनुको विकल्प छैन ।”

finance minister and governer at SEJON (2)

उनले भने भारतीय नाकावन्दिसंगै संगठित कालोवजारी बढेकोले अन्डर इकोनोमि हुने डर रहेको र यसले कालान्तरमा अर्थतन्त्रमा नराम्रो असर पर्ने बताएका छन् । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण प्रवाह २४ प्रतिशत रहेको जानकारी दिएका छन ।

अहिले राष्ट्रबैक संग ८ सय ९२ अरव रुपौया सञ्चित रहेको र यसले २० महिनालाई वस्तु तथा सेवाको आयात गर्न पुग्ने वताएका छन् । यस्तै उनले ६४ अरव शोधानान्तर वचत रहेको पनि जानकारी दिएका छन् । यो अवस्था रहिरहने हो भने मुद्रास्फ्रितिलाइ एकरुपमा राख्न चुनैति छ ।

यी हुन् भारतीय राजदुतलाई निकाला गर्न माग गर्ने साहसी सांसद

नाकाबन्दिका कारणले आयात २५ प्रतिशतले घटेको छ भने निर्यात ३२ प्रतिशतले घटेको छ । यस्तैगरी राजश्व संकलल पनि १९ प्रतिशतले घटेको छ । अहिलेसम्म २ सय ८ अरव विकास खर्च छुट्याईएकोमा जम्मा ५ अरव मात्र खर्च भएको जानकारी गभर्नर नेपालले जानकारी दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको १८ औँ बार्षिकोत्सवका अवसरमा राजधानिमा आयोजना गरेको कार्यक्रममा गर्भनर नेपालले भुपरिवेस्ठीत देश भएकोले नेपालले उत्तर र दक्षिण दुवैतर्फ आयात निर्यात वरावरी पार्नुपर्ने वताएका छन् । उर्जा खपतमा जोड दिदै उनले भने “विकास र प्रगतिसँग कुनैपनि हालतमा संझौता गर्न सकिदैन” ।

सोहि कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थिले वैदिक वर्ग र काम गर्ने वर्ग दुवै विदेशिएकोले मुलुक असफल राष्ट्रमा हुने खतरा रहेको वताए । कार्यक्रममा पत्रकार प्रतिक प्रधानले देशलाई समस्या परेको वेलामा नेताहरु अन्तराष्ट्रिय निकायमा राम्रोसंग कुरा राख्न नसकेको आरोप लगाए ।

नेपाल उद्योग वाणीज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्योग व्यवसायमा भयावह स्थिति रहेको र चाँडै निर्णायक वार्ता गरी देशलाई असफल राष्ट्रहुनवाट वेलैमा जोगाउन अर्थमन्त्रिलाई सुझाव दिएका थिए ।

कार्यक्रममा सेजनले वार्षिक रुपमा प्रिन्ट र इलेट्रोनिक मिडियामा उत्कृष्ठ आर्थिक रिपोटिङ्ग गर्दै आएका पत्रकारद्वय कृष्ण आचार्य र नवराज चालीसेलाई सम्मान गरेको छ ।