२ पुस, बुटवल ।

आन्दोलरत संयुक्त मधेशी मोर्चाको रुपन्देही समितिले पुस ३ अर्थात भोलि देखि अनिश्चितकालीन बन्दको आह्वान गरेको छ । सरकारले वार्तामा गम्भिरता नदेखाएको भन्दै मोर्चाले रुपन्देहीको धकधइमा पत्रकार सम्मेलन गरी बन्दको आह्वान गरेको हो ।

तराइ मधेशका जिल्लामा मोर्चाको बन्दको प्रभाव रहँदै आएको छ । केही समय यता केही राहत पाएका नागरिकलाई पुनः बन्दले तनाव थप्ने भएको छ ।

मोदीलाई हामीले भेट्न नचाहेको हो – महेन्द्रराय यादव

पत्रकार सम्मेलनमा मोर्चाका संयोजक महेन्द्र यादवले अबको आन्दोलन यस अघि भन्दा पनि शशक्त हुने जानकारी दिए । अव सीमा नाकामा पनि प्रतिकार सहित धर्ना बसिने उनले बताएका छन् ।

हाम्रा चेलीबेटीको लागि मधेश आन्दोलनलाई सहयोग गर्छौं- भारतीय पूर्वमन्त्री रघुबंश सिंह

अवको आन्दोलन निर्णायक हुने र सीमा तथा शहर कन्द्रित हुने मोर्चाले जनाएको छ ।