२३ भदौ, जलेश्वर ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच भयानक झडप भएको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन गोली चलाउँदा प्रहरीको गोली लागी ४ जना प्रदर्शनकारी मारिएका छन् ।

महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर नगरपालिकाका रोहन चौधरी, मसुवा कापर तथा अर्का एकको प्रहरीको गोली लागि मृत्यु भएको हो । उनीहरुलाई अस्पताल ल्याएपछि मृत घोषित गरिएको जिल्ला अस्पताल महोत्तरीका मेडिकल अधिकृत डा सतिश साहले जानकारी दिए ।

mahotriko ghaite 4a

mahotriko ghaite 1

झडपमा परी दुई दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । त्यस्तै रेडियो मिर्चीका सञ्चारकर्मी विकास मिश्रसमेत घाइते भएका छन् । गाउँगाउँबाट हजारौँको सङ्ख्यामा मोर्चाका कार्यकर्ता प्रदर्शनका लागि जलेश्वर पुगेका थिए ।

mahotriko ghaite 4

झडपपछि तनावग्रस्त बनेको जलेश्वरको स्थितिलाई मध्यनजर राख्दै स्थानीय प्रशासनले आजै अपराह्न ४ः३० बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

mahotriko ghaite 2

यस अघि आजै  सप्तरीको भारदहमा पनि एक प्रदर्शनकारी मारिएका थिए ।

तस्विरमा घाइतेहरु