२५ भदौ, काठमाडौं ।

संघीय मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दलले गरेको वार्ताको आह्वान बेबकुफ बनाउने तरिका मात्र भएको टिप्पणी गरेका छन् । उनले प्रश्न गरे ‘भोलि शनिबार हो त्यही भएर संविधानसभाको प्रक्रिया स्थगित गरिएको हो, जनतामाथि गोली चलाउने अनि सेना लगाउने कसरी हुन्छ वार्ता ?’

संविधानसभाको प्रक्रिया २ दिन स्थगित गर्ने प्रमुख ३ दलको निर्णयः वार्ता आह्वान

एभिन्यूज टेलिभिजनसँगको टेलिफोन कुराकानीमा उनले संविधानसभाको प्रक्रिया स्थगित गरेर मात्र वार्तामा बस्न सकिने र त्यसका लागि सेना परिचालनको निर्णय फिर्ता हुनु पर्ने अडान पनि राखेका छन् ।

Upendra yadav talking by mobile

शनिबार काम गर्दिन त्यही भएर आउ भनेर नहुने पक्रिया नै स्थगित गरेर मात्र वार्तामा बोलाउन उनले माग गरेका छन् । उनले कडा भाषामा भने ‘सरकारले विगतमा भएका सहमति पालना गर्छौं र कार्यन्वयन गर्छौं भन्ने सुनिश्चित गरे मात्र वार्ता हुन्छ’, ‘उनले यस अघि सहमति भएका २२ बुँदे सहमति कार्यन्वयन गरे हामीसँग वार्ता नबसेपनि हुन्छ ।’

संघीय समाजवादीले लेख्यो बान कि मुनलाई पत्र (विवरण सहित)

उपेन्द्र यादवले प्रश्न गरे ‘मधेशी जनता दुश्मन हुन् ? उनीहरुविरुद्ध सेना परिचालन गर्ने ? राज्य आतंक सृजना गरेर वार्ताको वातावरण नबन्ने उनको भनाइ छ ।

मधेशमा भएका आन्दोलनमा सबै आन्दोलनकारी आफूहरुको नियन्त्रणमा रहेको दावी गर्दै उनले अहिले सम्म मधेशका २७ जनाको ज्यान लिएर राज्यले राज्य आतंक बनाएको आरोप लगाए ।

२ तस्विरले बोलेको पत्याउन नसकिने सत्यः के को बदला लिन मारियो सशस्त्र प्रहरी

उनले यसरी एककोहोरो मधेशी मरिरहने र राज्यले दमन गरिरहने कुरा कहिले सम्म हुन सक्छ भन्ने बुझ्नु पर्ने चेतावनी समेत दिए ।