विगतमा नेपालका राजाले के के राम्रा काम गरे अनि के के नराम्रा काम गरे ! त्यो बहसको विषय हुन् सक्दछ,  तर राजतन्त्र कसैले.. गर्दा हटेको होइन,  वीरेन्द्रको वंश नाश हुनाले गर्दा हटेको हो ।  यदि वीरेन्द्र र दिपेन्द्र जीवित  भैदिएका भए कुनै  माइकालालले राजत्रन्त्र हटाउन सक्ने थिएनन । किनकि वीरेन्द्र र दिपेन्द्र जनता माझ लोकप्रिय थिए । तर ज्ञानेन्द्र र पारस जनता माझ लोकप्रिय थिएनन्,  त्यसैले आफै हट्न बाध्य भए, वास्तविकता यहि हो । मैले गर्दा राजा हटाए भन्नु र भिर बाट लडेर मरेको बाघलाई दुइ चार चोटी पछारेर मैले बाघ मारेको हो भन्नु उस्तै हो । नेपाली जनताको मुख्य आवश्यक्ता र उद्देश्य गरिबी, बेथिति र भ्रष्टाचार हटाउनु थियो,  राजतन्त्र हटाउनु होइन । जनताले राजनीतिक पार्टीलाई साथ् दिएको गरिबी, बेथिति र भ्रष्टाचार हटाउनलाई हो, राजतन्त्र हटाउनलाई होइन । राजतन्त्र हटाउने नै हो भने जनमत संग्रह गरेर हटाउनु पर्थ्यो, नेता मतले होइन । हटाउने नै हो भने काठमान्डौको फोहोर हटाउ, अनि नेपाली राजनीतिको फोहोर हटाउ ।

 सत्य हो विगतमा कुनै राजाले राम्रो काम गर्न सकेनन,  तर राजाको पालामा भन्दा पनि धेरै नराम्रा  कामहरु अहिले भएका छन । जब गरिबी, बेथिति र भ्रष्टाचार जिउँका तिउँ छ भने राजतन्त्र हटाउनुको के अर्थ ?  जापान, युके, खाडीका देस अनि धेरै युरोपियन देशहरुमा राजतन्त्र छन्  । के ति देशहरु सम्पन्न छैनन ?  त्यसैले कुन आधारमा राजतन्त्र हटाउनुलाई  उपलब्धि मान्ने ?  जनतालाई सम्पन्न हुने आधार दिन नसक्ने अधिकारको कुनै अर्थ छैन । त्यसैले जनतालाई अधिकार होइन सम्पन्न हुने आधार र वातावरण देउ । राजत्रन्त्रको पालामा बनेका घरमा मन्त्रालय चलाएर राजालाई नै गालि गर्न सुहाउला र ? खै गणत्रन्त्रले देश चलाउने भब्य मन्त्रालय भवन बनाउन सकेको ? देशलाई रेमिट्यान्स र बैदेशिक सहयोगको भरमा चलाएर पनि आमुल परिवर्तन गर्न सकिएला र ?

 जनताको लागि काम गर्न नसक्ने अलोकप्रिय  पार्टीहरु पनि समयमा चुनाब गर्ने हो भने  आफै हट्न बाध्य हुनेछन् । त्यसैले त् जसरी हुन्छ चुनाब सार्ने र भाँड्ने खेलमा केही राजनीति पार्टीहरु लागेको स्पस्ट बुझ्न सकिन्छ ।  किनकी जसरी भए पनि राजनीतिको केन्द्रमा रहनु नै उनीहरुको उद्देश्य हो । माओवादी पनि युद्ध बाट जित्न नसकिने  भएपछी सम्झौता गरेर सहर पसेको होइन र ? युद्ध कालमा राति झुक्याएर आक्रमण गरेर क्षती गर्ने बाहेक मावोवादीले अरु उप्लान्धि वा सफलता हात पार्न सकेको थिएन । चिनिया नेता मावो से तुङ्गले युद्ध बाट पुरै देश जितेर सत्ता कब्जा गरेका थिए, तर नेपालका माओवादीले ७५ जिल्ला मध्य एक जिल्ला पनि कब्जा गर्न सकेका थिएनन् अनि कसरी भयो जनयुद्ध सफल ?  झुक्काएर आक्रमण गर्ने र लुकेर बम पड्काउदैमा युद्धलाई सफल मान्न सकिन्छ र ? त्यसैले राजतन्त्र हटाए भनेर कसैले पनि घमण्ड नगरौं ।

 राजतन्त्र रहोस वा हटोस् त्यो प्रमुख विषय होइन , ६० लाख युवा बिदेशमा छन् त्यसैले बेरोजगारी हटाउ, गरिबी हटाउ , शान्ति सुरक्षा कायम गर । अनि मात्र राजतन्त्र हटाए भनेर गर्ब गर्न मिल्ला कि ?  ज्ञानेन्द्रको राजतन्त्र हटेको पनि १० बर्ष हुन् लागि सक्यो, खै त् देशमा परिवर्तन ?  विकास गर्ने हो भने १० बर्ष भनेको सानो  समय होइन । राम्ररी काम गरेको भए १० बर्षमा देशको काया पलट हुन् सक्थ्यो । राजनीतिक मुद्दा र कचिङ्गल, बखेडा अनि बिभिन्न दाउ पेज गरेर १० बर्ष खेर फल्ने, अनि राजतन्त्र हटाएर जनतालाई अधिकार दिएँ भनेर बेकुब बनाउने ? जनतालाई फोस्रो अधिकार होइन, शान्ति सुरक्षा र रोजगारी चाहिएको छ । त्यो सम्पन्न हुने अधिकार निरंकुश भनिएको चीनले पनि दिएको छ । चीनमा नेता बन्न पाइन्न, बाकि सब थोक पाइन्छ । चीनमा जन-प्रतिनिधि आफै चुनिन्छन तर देश र जनताका लागि काम गर्छननेपालमा जन-प्रतिनिधि जनता द्वारा चुनिन्छन तर आफ्नो र आफन्तका लागि काम गर्छन, अनि कसरी बन्छ त देश ?  नेपाली जनतालाई पनि नेता होइन सम्पन्न बन्ने रहर छ, आफु र आफन्तलाइ पेट भरि खुवाउने रहर छ, बुढा भएका बाउ र आमालाई प्लेन चढाएर एकचोटी बिदेश घुमाउने रहर छ । यस्तो रहर राजतन्त्र भएका देशका जनताले पुरा गरेका छैनन् र ? अझै कहिले सकिन्छ राजनीतिक मुद्धा र दाउ पेज ? पहिले युद्धकाल भनेर बिकासलाइ रोकियो, अहिले  संक्रमण काल भनेर बिकासलाइ रोकिदैछ । कसले गर्यो संक्रमण ? किन गर्यो संक्रमण ? अनि कसरी  हटाउने संक्रमण ? के नेपालका नेतासंग संक्रमण काल हटाउने इच्छा शक्ति, योजना र क्षमता छ ?  संविधान बनाउन ८ बर्ष लगाउने, प्रान्त्र बनाउन ५ बर्ष लगाउने, तर सरखार फेर्न एक बर्ष पनि नलगाउने राजनीतिक पार्टीहरुले गर्दा देश बिकास पछि परेको होइन र ? ४ जना शिर्ष नेता बसेर गरेको निर्णयलाइ सबै नेपालीले मानिदिनु पर्ने यो कस्तो प्रजात्रन्त्र ? सरकारमा पुगे पछि आफूखुशी रकम वितरण गर्न पाइने यो कस्तो प्रजात्रन्त्र ? अदालतको निर्णय चित्त नबुझे महाअभियोग लगाउने यो कस्तो लोकत्रन्त्र  ?  क्षती पूर्ति तोक्ने अधिकार अदालतको हो कि सरकारको ? अदालतले अपराधि हो भनेर  किटेको र सजाए सुनाएको  व्यक्तिलाई सम्मान गर्ने यो कस्तो परम्परा ?

अर्को कुरा अमेरिका र चीनमा  सक्षम हुँदाहुँदै पनि २ चोटी भन्दा बढी राष्ट्रपति हुन पाइदैन तर नेपालमा असक्षम हुँदाहुँदै पनि जति चोटी प्रधानमन्त्री बने पनि पाइन्छअनि कसरी बन्छ त देश ? माफिया डन, हत्यारा, बलात्कारी र भ्रष्टाचारीलाइ  राजनीतिक कार्यकर्ता बनाएर प्रयोग गरेपछि कसरी आशा गर्न सकिन्छ सुशासनको ? अपराधीलाई राजनीतिक आवरण दिएर बचाउने राजनीतिक पार्टीलाई जनताले बहिस्कार नगरे सम्म देशमा लोकतन्त्र संस्थागत होला र ?  नेताले चाँही जे गरे पनि कानुन नलाग्ने तर जनतालाई मात्र कानुन लाग्ने  पद्दतिलाइ प्रजात्रन्त्रिक पद्दति कदापि मान्न सकिन्न । किनकि समिधान भन्दा माथि कोहि पनि हुन् सक्दैनन् । बिगतमा राजा समिधान भन्दा माथि भए भनेर तिब्र बिरोध गर्ने पार्टीले नै प्रजात्रन्त्रको धज्जी उडाए । धर्म र जातको राजनीति गरेर देश माथि उठ्ला र ? प्रधानमन्त्री भएको एक महिना पनि नपुग्दै भारत भ्रमणमा जानुले राष्ट्रिय स्वाभिमानमा आँच आउदैन ? निबर्तमान गृहमन्त्री निधि एक बर्षमा १२ चोटी जति भारत गए रे, यसलाई के भनेर बुझ्ने ? बैदेसिक हस्तक्षेप निम्त्याउने यिनै राजनीतिक पार्टीहरु हैनन् र ? चिनिया राष्ट्रपतिको नेपाल भ्रमण गराउन समेत नसक्ने सरकारले नेपालको राष्ट्रपति भने जुन देश गएपनि भ्रमण हुन् सक्ने देखेर छक्क पर्नु पर्ने होइन र ?  त्यसैले अब विदेश भ्रमण होइन, देश र जनतालाई राजनीतिक निकास र बिकास देउ,  सधै आश्वाशन र चिल्ला भाषन नदेउ । दस बर्ष अगाडीको र अहिलेको तुलना गर्ने हो भने कुन नेताले कति भ्रष्टाचार गरे छर्लङ्ग हुन्छ । नेताज्यू अचानक कसरी यति धनि हुनु भयो ? कंहा बाट आयो यत्रो सम्पति ? दस बर्ष अगाडी त् स्कुलमा पो पढाउनु हुन्थ्यो रे त् ।  अबको चुनाबमा असक्षम र भष्टाचारी नेताहरु आफै पराजित हुनेछन् । जनताले तिमीहरुलाई हेर्नु  सम्म हेरे,  दिनु सम्म समय दिए,  अब थप समयको आशा नगर । शारीरिक र मानसिक रुपले सक्रिय हुन् सक्ने उमेरमा त् केहि गर्न सकेनौ, खै अब चाँही के गरौला र ?

 अब यो देश पढेलेखेका युवाले मात्र बनाउन सक्छन,  नेपालमा  त्यस्ता सृजनसिल  युवाहरुको कुनै कमि छैन । संसार भरि ठुला ठुला पोस्टमा पुगेर नेपाली युवाहरुले काम गरिरहेका  छन्, तिनलाई पनि नेपाल फर्कने वातावरण बनाएर तिनीहरुको श्रम, सिप र अनुभब नेपालको बिकासमा प्रयोग गर्नु पर्दछ ।  अनि त देश बन्न धेरै समय लाग्दैन । कसले काम गर्न सक्छ , कसले काम गर्न सक्दैन ,  को राम्रा ? को नराम्रा जनताले नबुझेका हुन् र ?  बात् कर्ता है !

(मदन भण्डारीको भाषण शैलीमा लेखेको लेख)

मीन बहादुर पण्डित, हाल दुबई,  यु. ए. ई.

Advertisements