असोज, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताले अधिकार प्राप्त गर्नको लागि अब वार कि पारको आन्दोलन हुने बताएका छन् । संविधान घोषणा गरेर तीन दलका शीर्ष नेताले जनताको आँखामा छारो हाल्ने काम गरेको बताउंदै उनले अधिकार लिएर मात्र आन्दोलन रोकिने बताएका हुन् ।

नेपाली हेडलाइन्ससँग उनले भने,‘विगतको सहमति सम्झौता र अन्तरिम संधिवान विपरीत घोषणा भएको संधिवान मान्नु पर्ने नभएकाले जलाइएको हो ।’ अधिकार दिनुपर्ने डरले वार्ता नै नगरेको आरोप लगाउदै उनले अधिकार विहीन नाम मात्रको संधिवानले केही काम नगर्ने बताए । गिरिजाप्रसाद कोइरालाले सहमति गर्ने सुशील कोइरालाले भंग गर्ने काम गरेको बताउंदै उनले संधिवानसभाबाट अधिकार नदिएर भोली सशोधन गरौला भनेर झुटको खेती गरेको बताए ।

Rajendra Mahato talking

मधेसी र थारु समुदायलाई अधिकार विहिन बनाएको बताउंदै उनले मधेसलाई आधी प्रदेश दिएर अब चित्त बुझाउने ठाउँ नरहेकाले अधिकार प्राप्तिको आन्दोलन राख्ने बताए । ‘शान्तिपूर्ण शसक्त रुपमा आन्दोलन अगाडि बढछ’,अध्यक्ष महतोले भने,‘लातको भूत वातले मान्दैन ।’

महतोले जलाए संविधान, सञ्चारकर्मीलाई कुट्न खोजियो

उनले मधेसी थारु लगायतका जनजाति समुदायलाई अधिकार विहीन बनाएर जारी गरेको संविधान जनताले स्वस्फूत रुपमा जलाउने चेतावनी दिए ।