२५ भदौ, बाँके ।

बाँकेको नेपालगंजमा आज ठूलो संख्यामा मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । बर्मामा रोहिंग्या मुसलमानहरु माथि भई रहेको नरसंहारको विरोधमा बाँकेका नागरिकहरुले प्रर्दशन गरेको हुन् ।

स्थानीय जामा मस्जिद र इस्लामी संघ भेरी जोनको नेतृत्वमा भएको विरोध प्रदर्शन बिपी चौकदेखि सुरु भई जिल्ला प्रशासन कार्यालयमा पुगी सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इस्लामी संघका प्रमुख मौलाना उबेदुर रहमान खानले रोहिंग्या मुसलमानहरु माथि भई रहेको अत्याचारलाई रोक्न सबैले दबाब दिनु जरुरी रहेको बताए ।

ह्युमन राइट्स वाच नामक मानवअधिकारवादी संस्थाले गत साता जारी गरेको स्याटेलाइट इमेजमा मुस्लिम क्षेत्रका धेरै भवनमा क्षति पु–याइएको र मानिसहरूलाई जिउँदै जलाइएको देखिएको बताए ।

तर उनले सरकारले रोहिंग्या विद्रोही आफैंले यी गाउँहरू जलाएको बताएको उल्लेख गर्दै मानव अधिकारबादीहरुलाई सक्रिया भएर उक्त क्षेत्रमा भई नरसंहारलाई रोक्न र वास्तविक कुरालाई सार्वजानिक गर्न माग गरे ।

नेपालगंजमा भएको प्रर्दशनमा पूर्व श्रम मन्त्री मोहम्मद इस्तीयाक राइले नेपाल सरकारले समेत यो घटनालाई चासोका साथ लिएर सम्बन्धीत सरकारलाई दबाब दिन जरुरी रहेको बताएका थिए ।

यस्तै मुस्लिम अगुवा मेराज अहमद हिमालले, बर्माका मुस्लिमहरु माथि भई रहेको अत्याचारको नेपाली मुस्लिम कडा रुपमा बिरोध गरेको जिकिर गर्दै तत्काल नसंहार रोक्न माग गर्नु गरे । उनले नसंहार गर्नेहरु मानिस नभई राक्षस भएको बताए ।