काठमाडौं, १९ जेठ । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले दक्षिण अफ्रिकालाई ३ सय ३१ रनको बिजय लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३० रन बनाएको हो । बंगलादेशका लागि मुसाफिकुर रहिमले सर्वाधिक ७८ रनको योगदान गरे भने सकिब अल हसनले ७५ रन बनाए ।

महम्मदुल्लाहले ३३ बलमा अविजित ४६ रन जोडे भने सौम्य सरकारले ४२, मोहम्मद मिथुनले २१ र तमिम इकवालले १६ रन बनाए ।जारी विश्वकपमा एशियाली टिमले पहिलो पटक ३ सय रन कटाएको हो । दक्षिण अफ्रिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।