कुशल श्रेष्ठ

मानवजातीको सुरुवात देखि नै, थुप्रै मानिसले आ-आफ्नै महान जुक्ति, दर्शन, विश्वास, परीक्षण र अनुसन्धानको प्रयोग गरेर कल्पनालाई वास्तविकतामा परिणत गर्न खोजेका थिए। मानवजातीलाई समृद्ध बनाउन प्रकृतिका विभिन्न पक्षहरूको अनुसन्धान गरेर मानिसहरूले आफ्नो जीवन विज्ञानलाई सुम्पिएका पनि थिए। बच्चैदेखि प्रतिभाले युक्त ती व्यक्तिहरूले प्रकृतिको हरेक प्रकृतिलाई बुझ्ने कोशिस गरे। जोश, समर्पण र मीहिनेत अनि कैयौँ प्रयासपछि मात्रै उनीहरूले यो संसारको बारेमा केहि नयाँ कुरा पत्ता लगाउन सफल भए।

अहिले यो आधुनिक युग विभिन्न किसिमका वैज्ञानिक उन्नति र प्रगतिको घर बन्न पुगेको छ, सबै ती महान वैज्ञानिकहरूको देनले गर्दा! यी वैज्ञानिकहरू नभइदिएका भए, यो संसारलाई हामी जसरी देखिरहेका छौँ, त्यसरी देख्न सक्नेथएनौँ। उनीहरूको नाम इतिहासको सुनौलो पानामा सँधै टल्किरहनेछ।

त्यसैले आजको अङ्कमा हामी अहिलेसम्मका १० महान वैज्ञानिकहरूलाई सम्झिनेछौँ, जसले यो संसारलाई परिवर्तन गरेका थिएः

१०. एरिस्टोटल (ईसा.पूर्व ३८४ – ३२२)

aristotle_stone‘प्लेटो’का चेला र ‘एलेक्जेण्डर द ग्रेट’का गुरु, एरिस्टोटल एक ग्रिक दार्शनिक र प्राचीनकालका वैज्ञानिक थिए। ई.पू. ३८४ मा जन्मिएका एरिस्टोटल जीवशास्त्री, नैतिकवादी, राजनैतीक वैज्ञनिक तथा तर्क र बयानका गुरु थिए। उनले भौतिकशास्त्रमा पनि कैयौँ सिद्धान्तहरू बनाएका थिए। उनले विभिन्न विधामा थुप्रै पुस्तकहरू पनि लेखेका थिइ, तर अहिले उनका लेखहरूमध्ये केहि मात्रै बाँकी छन्। उनले थुप्रै रूखबिरुवा र जनावरहरूको सङ्कलन गरेर तिनीहरूको विशेषताअनुसार विभाजन पनि गरेका थिए। उनको यहि कामले गर्दा पछिका वैज्ञानिकहरूलाई सजिलो भएको थियो। साथै, उनले पृथ्वीको आकार अनुमान पनि गरेका थिए।

९. आर्किमेडिज (ई.पू २८७ – २१२)

Archimedes-scientistअझसम्मकै सबैभन्दा महान गणितज्ञ मानिने आर्किमेडिजले गणितीय भौतिकशास्त्र र इन्जिनियरिङ्गको गहन अनि प्रभावशाली ज्ञानको विकास गरेका थिए, जुन अहिले बिभिन्न यन्त्र तथा संरचनाहरूमा प्रयोग गरिन्छ। ई.पू. २८७ मा जन्मिएका आर्किमेडिज विज्ञानको सिद्धान्त र अभ्यास दुवैमा चलाख थिए। गणितीय भौतिकशास्त्रको आधारभूत मानिने ‘क्यालकुलस’को विकास पनि उनैले गरेका हुन्। उनले लिवर, घनत्व, तरलपदार्थको सन्तुलन अनि बायान्सी (buoyancy) को सिद्धान्तको विकास गरेका थिए। उनलाई आधुनिक विज्ञानको पूर्वाधारको रूपमा पनि चिनिन्छ। उनले भनेका थिए, “मलाई उभ्भिमे ठाउँ देउ, म सारा संसार हल्लाउन सक्छु।” उनीपछिका सबै वैज्ञानिकहरू उनकै पिछा गर्दै आएका हुन्। हुन त, उनका अधिकांश कामहरू एलेक्जेण्ड्रियाको सङ्ग्रहालयमा जलेर खरानी भए, तर बाँकी रहेका केहि कामले आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो योगदान दिएको छ।

८. ग्यालिलियो (सन् १५६४ – १६४२)

Galileo-scientistसन् १५६४ मा इटलीको पिसामा जन्मिएका ‘ग्यालिलियो’लाई खगोलशास्त्र र भौतिकशास्त्रमा गरेका खोजले गर्दा उनलाई आधुनिक विज्ञानका पिता पनि भनिन्छ। उनका पिताले उनलाई चिकित्साशास्त्र पढ्न पठाएका थिए, तर उनले विज्ञान र गणितलाई आफ्नो समय दिए। तारा र ग्रहहरूलाई हेर्न मिल्ने पहिलो टेलिस्कोप पनि उनैले बनाएका हुन्। पिसाको चर्चमा झुण्डिरहेको झूमरलाई देखेर उनले ‘पेण्डुलमको सिद्धान्त’को पनि विकास गरेका थिए। चन्द्रमाको जमीन समथर नभएर खाल्डो र पहाडहरूले भरिएको छ भनेर पनि उनैले सुरुमा भनेका हुन्। उनले जुपिटरलाई घुम्ने २ वटा उपग्रह पनि पत्ता लगाएका थिए र तिनीहरूको नाम पनि उनैलाई समर्पित गरिएर राखिएको हो। कोपर्निकसले सौर्यमण्डको केन्द्र सूर्य हो भनेर भनेका थिए, तर ग्यालिलियोले त्यसको पुष्टि गरेका हुन्। बूढो भएपछि उनको दृश्टि गुमेको थियो र सन् १६४२ मा उनको मृत्यु भएको थियो।

७. माइकल फ्याराडे (सन् १७९१ – १८६७)

Michael-Faraday-scientistसन् १७९१ मा जन्मिएका, ब्रिटिस नागरिक ‘माइकल फ्याराडे’का पिता एक लोहार थिए। उनले ४ कक्षाभन्दा बढी पढ्न पाएनन्। एउटा पुस्तकालयमा पुस्तकलाई बाँध्ने काम गर्दागर्दै उनले पढ्न र लेख्न सिकेका थिए। विज्ञानप्रति उनको खुब चासो थियो, विशेष गरी बुध्युतीय विज्ञानमा। उनलाई विशेष गरी ‘इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन एण्ड रोटेसन’, ‘फिल्ड सिद्धान्त’ को खोजबाट पनि चिनिने गरिन्छ। विध्युतीय मोटरको आविष्कार पनि उनैले गरेका हुन्। रसायन शास्त्रमा पनि उनले प्रध्यापन गरेका थिए भने थुप्रै पुस्तकहरू पनि लेखेका थिए। उनले ‘एक्सपेरिमेन्टल रिसर्च इन इलेक्ट्रिसिटी’ तथा ‘केमिकल हिस्टरी अफ द क्याण्डल’ पुस्तक पनि लेखेका थिए। उनको मृत्यु सन् १८६७मा भएको थियो।

६. थोमस अल्वा एडिसन (सन् १८४७ – १९३१)

Thomas-Alva-Edison-scientist‘द विजार्ड अफ द मेन्लो पार्क’ उपनाम पाएका ‘थोमस अल्वा एडिसन’ सन् १८४७मा जन्मेका थिए। उनी खुबै चलाख वैज्ञानिक र आविष्कारक थिए। उनले आफ्नो जीवनकाल भरीमा १०९३ वटा आविष्कारहरू गरेका थिए। ब्याट्रि, फोनोग्राफ, सिमेन्ट, माइनिङ्ग, टेलिग्राफ, विजुली आदि जस्ता थुप्रै आविष्कारहरू एडिसनले नै गरेका हुन्। ग्राहम बेलले आविष्कार गरेको ‘टेलिफोन’लाई पनि उनले संशोधन गरेका थिए भने चलचित्र हेर्ने ‘काइनेटोस्कोप’ पनि उनैले आविष्कार गरेका थिए। भ्याक्यूममा फलफूलहरू राख्दा बिग्रँदैन भनेर पनि उनैले भनेका थिए। उनको मृत्यु सन् १९३१ मा भएको थियो।

५. म्यारी क्यूरी (सन् १८६७ – १९३४)

marie-curie_i-G-27-2777-Y3UTD00Zनोबेल पुरस्कार पाउने पहिलो महिला भनेर ‘म्यारी क्यूरी’लाई चिनिन्छ। उनलाई धेरैले ‘म्याडम क्यूरी’ पनि भन्दछन्। आविष्कारक तथा वैज्ञानिक क्यूरीको जन्म सन् १८६७ मा पोल्याण्डको वार्समा भएको थियो। उनको काम गर्ने प्रतिबद्धताले गर्दा थुप्रै महिला वैज्ञानिकहरू उनीबाट प्रेरित हुने गर्दछन्। उनले पहिलो मोबाइल एक्स-रे मेसिनको आविष्कार गरेका थिए, जसले गर्दा युद्धमा घाइते भएका लडाकुहरूको जाँच गर्न सजिलो भएको थियो। उनका महान आविष्कारहरू मध्ये ‘रेडियम’ पनि एक हो। विभिन्न पदार्थहरूको रेडियो गतिबिधिलाई परीक्षण गर्दागर्दै उनले ‘थोरियम’ पदार्थ पत्ता लगाएका थिए। उनको रेडियोधर्मी पदार्थहरूको खोजबाट उनलाई ‘मदर अफ एटम बम्ब’ (the mother of Atom Bomb) पनि भनिन्छ। तथापी, उनैले गरेको आविष्कारले गर्दा ‘रेडियो विष’को कारण उनको मृत्यु सन् १९३४ मा भएको थियो।

४. लुई पास्चर (सन् १८२२ – १८९५)

Louis_Pasteurविज्ञान, प्रविधि र चिकित्साको क्षेत्रमा लुई पास्चरले ठूलो योगदान दिएका थिए। सन् १८२२ मा जन्मिएका प्रतिभाशाली पास्चरले आफ्नो जीवनलाई रसायनशास्त्र र माइक्रोबायोलोजीको अध्ययनमै बिताएका थिए। कुनै पनि खानेकुराहरू ब्याक्टेरियाको कारण कुहिन्छ भनेर अध्ययन गर्ने पहिलो वैज्ञानिक नै पास्चर हुन्। कुकुरबाट सर्ने ‘रेबिज’ र भेडाबाख्राबाट सर्ने ‘एन्थ्राक्स’ रोगको खोप पनि उनैले बनाएका हुन्। विभिन्न विधामा थुप्रै खोज, अनुसन्धान र आविष्कार गरेका ‘लुई पास्चर’को मृत्यु सन् १८९५ मा भएको थियो।

३. सर आइज्याक न्यूटन (सन् १६४३ – १७२७)

Sir-Issac-Newtonइङ्ग्ल्याण्डको ‘वुल्स्थ्रोप’मा सन् १६४३ मा जन्मिएका ‘सर आइज्याक न्यूटन’लाई विशेष गरी उनको ‘गुरुत्व बलको सिद्धान्त’को कारण चिनिन्छ। उनको आर्थिक स्थिती एकदमै कमजोर भएकोले उनले चाँडै नै पढाई छोड्नुपरेको थियो। तथापी, विभिन्न प्रकारका मेसिनहरू बनाउन उनलाई खुबै रुची थियो। गरुत्वको सिद्धान्त र गुरुत्वाकर्षण बलको बारेमा बुझाउन अरू कुनै सिद्धान्त नभएकोले आफ्नै ‘क्यालकुलस’को विकास गरेका थिए। उनले विकास गरेको क्यालकुलसलाई अहिले सबै गणितज्ञ र भौतिकशास्त्रीहरूले प्रयोग गर्छन्। सूर्य, चन्द्रमा र पृथ्वीको गुरुत्वाकर्षण बलको कारण नै पृथ्वीका समुन्द्रमा छालहरू आएका हुन् भनेर उनैले व्याख्या गरेका थिए। मेकानिक्स, अप्टिक्स र रसायनशास्त्रमा न्यूटनका सिद्धान्तहरू भेट्न सकिन्छ। उनलाई सन् १७०५ मा ‘रानी एन’ले ‘सर’को टाइटल प्रदान गरेकी थिइन्। उनको मृत्यु सन् १७२७ मा ८४ वर्षको उमेरमा भएको थियो।

२. अल्बर्ट आइन्स्टाइन (सन् १८७९ – १९५५)

albert_einsteinसन् १८७९ मा अल्म शहरमा जन्मिएका आइन्स्टाइनलाई विश्वले चिनेको सबैभन्दा महान वैज्ञानिकको रूपमा मानिन्छ। उनको ‘सामान्य सापेक्षता सिद्धान्त’कै कारणले गर्दा उनलाई ‘आधुनिक भौतिकशास्त्रका पिता’ भनिन्छ। विश्वकै चर्चित समीकरण E=mc² मै आधारित भएर आणविक बम्बको आविष्कार भएको हो। उनको विज्ञानको क्षेत्रमा योगदानको कारण विश्व परिवर्तन भएको हो भन्न सकिन्छ। उनको चञ्चले स्वभाव अनि स्त्रीहरूसँग जिस्किने बानीले गर्दा पनि उनी त्यतिबेलाका सेलिब्रिटी थिए। ‘फोटोइेक्ट्रिक इफेक्ट’को खोजले अनि सैद्धान्तिक भौतिकशास्त्रमा उनको योगदानकै कारण सन् १९२१मा उनले नोबेल पुरस्कार पाएका थिए। उनको मृत्यु सन् १९५५ मा प्रिन्सटनमा भएको थियो।

१. निकोला टेस्ला (सन् १८५६ – १९४३)

Nikola-Teslaसर्बियाली वैज्ञानिक ‘निकोला टेस्ला’को विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विशाल ज्ञानको कारण नै उनी सूचीको पहिलो स्थानमा परेका हुन्। सन् १८५६ मा जन्मेका उनले ८ वटा भाषाहरू बोल्न सक्थे। एकचोटि पढेकै भरमा उनले पुरै पुस्तक कन्ठ पार्न सक्थे। एकचोटि देखेकै भरमा कुनै पनि मेसिनको निर्माण गर्न सक्थे, त्यो पनि केहि नलेखी! टेस्ला आफैले थुप्रै आविष्कारहरू गरे तर बाहिर प्रस्तुत गरेनन्। एडिसनले चार्ज भनेको के भनेर थाहा पाउनुभन्दा पहिल्यै टेस्लाले अल्टरनेटिङ् करेन्टको आविष्कार गरेका थिए। रेडियोको आविष्कारबाट नोबेल पुरस्कार पाएका मार्कोनीले पनि टेस्लाकै जुक्ति प्रयोग गरेका थिए। रोयन्टजेनले बनाएको एक्स-रे, वाटसन-वाटले बनाएको रेडार सबै टेस्लाकै आविष्कार थियो। यस्तो कुनै पनि आविष्कार थिएन, जुन टेस्लाले गर्न सक्दैनथ्यो। नायग्रा झरनाको पहिलो जलबिध्युत आयोजना, ट्रान्जिस्टर, अन्तरीक्षको रेडियो तरङ्ग रेकर्डर सबै टेस्लाकै आविष्कार हो। रिमोट कन्ट्रोल, नियोन लाइटनिङ्, आधुनिक विध्युतीय मोटर, भू-कम्प मेसिन आदि टेस्लाका उत्कृष्ट आविष्कारहरू हुन्। तथापी, उनले आफ्नो अधिकांश आविष्कारहरू बाहिर प्रस्तुत नगर्ने भएकाले नै धेरैले उनको आविष्कार चोरेका थिए। उनको मृत्यु सन् १९४३ मा एउटा होटेलको कोठामा भएको थियो र २ दिनपछि मात्रै फेला पारिएको थियो।

यो पनि हेर्नुहोस्-
अबको ३० वर्ष भित्रै मानिसलाई अमर गर्ने प्रविधि विकास हुनेमा वैज्ञानिक आशावादी
अस्ट्रेलीयन वैज्ञानिकहरूले ह्याङ्गओभरको अचुक उपाय पत्ता लगाएका छन्
न्युटनको टाउकामा स्याउ नखसेको भए के हुन्थ्यो?
Advertisements