३ असोज, काठमाडौं ।

संविधान जारी गर्न समारोहबाट बाहिरिएका एमाओवादीका नेता तथा संविधानसभको राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई  पुनः समारोहमा फर्किएका छन् ।

शीर्ष नेता संविधानसभामा, प्रचण्ड हसिँला, बाबुराम उदास

निन्याउरो अनुहार लगाएका बाबुरामले संविधान जारी गर्ने समारोह छोडेपछि सञ्चारकर्मी चकित परेका थिए । ५ बजे संविधानसभा भवनबाट बाहिरिएका उनी आधा घण्टापछि फर्किएका हुन् ।

Baburam Bhattarai Briefs Media

समारोह छोड्ने बेला सञ्चारकर्मीले किन बाहिरिनु भएको भन्दा बाबुराम बोलेनन् । उनी कालो अनुहार लाएर संविधानसभाबाट बाहिरएका थिए । राष्ट्रपति आउनै लागेको सममया उनी बाहिरिएपछि अनेक अडकलबाजी गरिएको छ । तर उनी राष्ट्रपति अघि नै समारोहमा फर्किएका छन् ।

अव बाबुराम भट्टराइ के गर्लान- यस्तो छ उनको योजना ….

उनी किन बाहिरिए भन्ने स्पष्ट हुन सकेको छैन । उनले गएर फर्किएका हुन् जानकारी दिएनन् ।