२३, भदौ, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गत हप्ता उत्तर कोरियाको भ्रमण गरेको विषयमा संसदमा प्रश्न उठेको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल का सांसद अकबाल अहमद शाहले संसदमा प्रश्न उठाएका हुन् । उनले यसबिषयमा नेकपा एमालेका अध्यक्षले संसदमा जवाफ दिनुपर्ने माग गरे ।

व्यवस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा राजपा नेपालका सांसद शाहले कोरियामा राष्ट्रसंघीय सुरक्षा परिषद् लगायत अन्तराष्ट्रिय समुदायले उत्तरमाथि आर्थिक नाकाबन्दी गरिरहेको समयमा नेपालका पूर्वप्रधानमन्त्रीको भ्रमण अनुचित भएको बताए।

सांसद शाहले यस बिषयमा सदनमा सम्बन्धित पार्टीको अध्यक्ष आएर जानकारी गराउन सभामुखलाई रुलिङ गर्न माग गरे ।