दिनेश आचार्य
लामो समयसम्म नेपाली राजनीति तरलताको स्थितीमा स्खलित भइ रह्यो । पटक पटकका राजनैतिक आन्दोलनहरु आधा भाडो भएरै अगाडी बढीरह्यो । ०७ साल देखि नै सबै अपुरा:अपाङ्ग आन्दोलन र क्रान्तीहरुको फाइदा बिचौलिया, अबसरवादी र दलाल लगायतका गलत तत्वहरुले मिठै तरिकाले उठाइरहे । जनता झनझन नाङ्गै बन्दै रहे । राष्ट्रिय अबस्था झनझन कमजोर बन्दै गयो । जनता रनभुलमा पर्दै गएको देखियो ।

पछिल्लो समयको बिशिष्ट राजनैतिक आन्दोलनको रुपमा १० बर्षे जनयुद्धलाई मान्न सकिन्छ । उक्त जनयुद्धका (४० बुदे) सैद्धान्तिक सुत्रधार डा. बाबुराम भट्टराई थिए । संगठनको नेता भने पुष्पकमल दाहाल प्रचण्ड ।

तत्कालिन अबस्थामा एकातिर जनयुद्धको नाममा कम्युनिष्ट आतंक मच्चाइयो, अर्को तिर कम्युनिष्टहरुनै (एमालेहरु) सरकारमा जान पाउ भन्दै राजाको खुट्टामा दाम् चढाइ रहेका थिए । स्वतन्त्र नागरिक भएर सोच्दा तत्कालिन माओवादीहरुले चलाएको जनयुद्ध सही थियो कि राजाको पाउमा लम्पसार परेर सरकारमा जान पाउ भनेर र्याल चुहाएको एमाले सहि ?

०५२ साल फागुन बाट सुरु भएको जनयुद्धलाई पुराना कम्युनिष्ट नेता मोहन बिक्रम सिहंले, “यो उग्र बामपन्थ भड्काव हो अन्तत बिकराल अप्ठेरोमा चेपिएर दक्षिणपन्थि अबसरवादमा भासिनेछ । राष्टिय/अन्तराष्टिय अबस्था प्रतिकुल छ ।” भन्ने बिश्लेषणात्मक अभिब्यक्ती दिए । नभन्दै मोहन बिक्रम सिहंंले भने जस्तै माओवादी जनयुद्ध बिकराल समस्यामा फस्यो । यति सम्म कि आफ्नै नेता (डा. बाबुराम भट्टराईलाई) नजरबन्द गर्ने, मार्ने सम्मको योजना रचियो । तत्कालिन सुप्रिम कमाण्डरको योजनामा डा. बाबुरामलाई मार्ने योजना बनाउनु ठिक की बेठीक ?

मोहन बिक्रम सिहंले भने जस्तै संक्रमणमा फसेको माओवादी जनयुद्ध लाई डा. बाबुरामको नामले अगाडी धकेली रहेको छ भन्ने कुराको हेक्का भएका प्रचण्ड लगाएतका नेताहरुले पुन: बाबुराम संग झुके, नझुके पार्टी पतन हुने प्रष्ट छनक देखे । बिषेशत: अरुलाइ प्रयोग गर्ने, दुरुपयोग गर्ने र शक्ती आर्जन गर्ने नीतिमा पोख्त प्रचण्ड सेनाको सुप्रिम कमाण्डर बने । सैद्धान्तिक, बौद्धिक, न्याइक, बिकासवादी नेता डा. बाबुराम भट्टराई जनसत्ता प्रमुख बनेर माअोवादी पार्टीलाई सौद्धान्तिक तथा जनन्याइक दिशा दिएर पार्टीला थप सुधार र जनपक्षिय बनाउदै लगे । तपाइलाई यि २ जनाको सैद्धान्तिक भुमिकामा कुन सहि हो जस्तो लाग्छ ?

एकातिर जनयुद्धको बलमा जनसत्ता चलिरहेको थियो । अर्को तिर सरकारी सेना गाउँगाउँ पसेर जनतालाई आतंकित बनाइरहेको थियो । (किरण, गजुरेल) भारतिय जेलमा थिए । जनयुद्ध तुहिन सक्ने अबस्था नजिक पुगेको विश्लेषण गरिएको थियो तत्कालिन अबस्थामा, त्यस्तो बिकराल अबस्थामा पार्टी प्रमुख प्रचण्डलाई सहमत गराएर संसदिए दलहरुसंग संक्ति सन्तुलन गर्दै उपलब्धी हासिल गर्दै जानु देशको हित उपयोगी हुन्छ भनि १२ बुदे बिस्तृत शान्ति संझौता गराइ थप धनजनको क्षति हुन बाट जोगाइ गणतन्त स्थापना गराउनु, संबिधान निर्माण गराउनु डा. बाबुरामको जित भन्ने कि गल्ती भन्ने ?

सुनौला सपना देखाउदै चलाइएको माओवादी युद्धलाई दमन गर्नु पर्छ भन्ने प्रमुख पात्रहरुमध्ये शेर ब. देउवा र केपि शर्मा ओली अग्रस्थानमा पर्नुहुन्छ । माओबादी पार्टीले (प्रचण्ड अध्यक्ष भएको माओवादी) केपी वली लाइ प्रधानमन्त्री बनाउनु, शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनु ठिक हो ?

नेपाली राजनितीक इतिहास हेर्ने हो भने, नेपाली राजनीतिको सबैभन्दा ठुलो रोग अस्थिर सरकार नै हो । बिषेशत: १९५० को सन्धी पश्चात नेपालको दक्षिणी छमेकीको नियन्त्रण र हस्तक्षेपले देश दिन प्रतिदिन कमजोर बन्दै गएको सबैले जानेकै छौ, यस्तो अबस्थामा स्थिर सरकार निर्माणको लागि संविधानत: प्रत्यक्ष कार्यकारी प्रमुखको ब्यवस्था गरि स्थिर सरकार निर्माण गरु,स्थिर सरकार हुनसके तिब्र आर्थिक बिकासको गतिमा देशलाई अगाडी बढाउन सकिन्छ भन्नु डा. बाबुरामको गल्ती हो ?

लामो समयको तानातान र रस्सा कस्सिका बाबजुत नेपालको संबिधान बन्यो । संबिधान बनेपनि एकथरीहरु संबिधान संसारको उत्कृष्ट भन्दै उफ्रिदै मात्र थिए । एक थरी हाम्रा मुद्दा समेटिएनन् भनेर देशै बिखण्डन् गर्ने अभिब्यक्ति दिने, एकथरीहरु यो दलाल म खाँटी राष्टवादी भन्दै जनतालाई भ्रममा राख्दै अन्योलताको बिचमा रोमलिएकाे अबस्था थियो । आधा देशमा आगो दन्किरहेको थियो । त्यसखाले बिकराल अकर्मन्यतालाई चिरेर सरासर तराईमा गइ तराईका असल, राष्टप्रेमी, देशभक्त जनतालाई संयम् पार्ने काम गर्ने डा. बाबुरामको काम गलत हो ?

अब देश सिधा समृद्धिको बाटोमा अगाडी बढाउनु पर्छ भनेर हरेक नागरिकको मन मस्तिस्कमा समृद्धीको अठोट महसुस गराउनु बेठीक हो ? आम् नेपाली जनतालाई के स्मरण हुन जरुरी छ भने, जब डा. बाबुराम भट्टराइले रंगशालाबाट संमृद्धीको बैकल्पिक राजनैतिक अभियानको उद्घोष गरे, तब तत्कालिन प्रधानमन्त्री केपी वली हावाबाट बिजुली, रेल, पानीजहाज, घरघरमा ग्यासका पाइप भन्दै जनता तथा कार्यकर्तालाई भ्रम सृजना गर्न सुरु गरेका थिए । पछि केपी वलीको त्यो भ्रम नेपाली मिडीयाले साच्चै जस्तै गरि प्रचार गर्न थालेपछि अतालिएर प्रचण्डले आफै महाअभियोग प्रस्ताव संसदमा पेस गर्न बाध्य भए । जबर्जस्ती बिकास र समृद्धिको काम र कुरा गर्नै पर्ने अबस्थामा पुगे । अत: बिकास र समृद्धीको जननी डा. बाबुराम भट्टराइ नै हुन् । सहिलाई ठिक समयमा ठिक ढंगले चिन्न नसके फटाहाले ठाउँ लिन्छ । समाजको उन्नतिको गति कमजोर हुनेछ ।

०५२ साल देखि आज सम्म नेपालको राजनीति डा. बाबुराम भट्टराइले प्रतिपादन गरेका एजेण्डा र मुद्दामा अगाडी बढेको देखिन्छ । जनताले जस्को एजेन्डा उसैलाइ नेतृत्व गर्न मौका दिनु पर्दछ । तपाइलाइ केही भन्नु छ ?

Advertisements