५ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सरकारसँगको सहमतिमै राजपा नेपालले स्वतन्त्र उमेद्बार दर्ता गराएको खुलासा गरेका छन् ।

बुटवलमा आज आयोजित सुरक्षा गोष्ठिपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले त्यसैका लागि उमेद्बारी दर्ताको मिति दुई दिन पछाडि सारिएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको सहमतिकै आधारमा राजपाले निर्वाचनमा मनोनयन दर्ता गराएको उनको दाबी थियो । हिजो रुपन्देहीसहितका केही ठाउँमा राजपाका नेताहरुले स्वतन्त्र उमेद्बारी दर्ता गराएका थिए ।

उनले जनताले ढुक्कसँग मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन सरकार तयार रहेको पनि स्पष्ट पारे ।

सुरक्षा बैठकमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाची, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी र शसस्त्र प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।

Advertisements