सलमान खानको ‘भारत’को ट्रेलर अनि गितहरु सार्वजनिक भइरहेका छन्। जसमा उनलाई फरक-फरक अवतारमा देखिएको छ। जवान देखि बुढोको रुपमा।

यो फिल्म इदको अवसरमा पारेर जुन ५ मा रिलिज हुनेछ।

मिडियामा आएका खबर अनुसार, यो फिल्ममा सलमानलाई जवान देखाउन सिजिआइ (CGI – Computer Generated Imagery) को प्रयोग गरिएको छ। यो फिल्म पश्चात रिलिज हुने दबगंको तेस्रो भाग ‘दबगं ३’मा पनि यहि प्रविधिको प्रयोग हुने खबर छ।

दबंग ३ मा फ्ल्यासब्याक सिन हुनेछन्। जहाँ सलमानको विगत देखाइने छ। तर उनको जवान अवतार अन्य कलाकारले होइन सलमान आफैले अभिनय गर्नेछन्। सिजिआइ प्रयोग गरेर उनलाई जवान देखाइने छ।

सलमानका भाइ अरबाज खानको निर्माणमा बन्ने यो फिल्म आउँदो क्रिसमसमा रिलिज हुनेछ।