बोमलाल गिरी

ब्याचलरसम्मको पढाई पूरा भएको थियो । चार्टर एकाउन्टेस्सी फाउण्डेसन सकेर इन्टरमिडियटको परीक्षा दिने तयारी हुँदैथियो । प्लस टुका विद्यार्थीलाई पढाउने काम पनि सँगसँगै चलिरहेको थियो । बुबाआमा दुबै जना मास्टर्स पास अनि एनजिओका जागिरे । घरमा दुई जना त काम गर्ने मान्छे नै ।

काठमाडौं बुढानिल्कण्ठ की २५ वर्षीया रोश्लीन श्रेष्ठको पारिवारिक पृष्ठभूमि हेर्दा उनलाई नपुग्दो केही थिएन । तर एकाएक भूत सवार भयो विदेश जाने । सन् २०१४ मा एकाएक साइप्रस हिँडिन् । काठमाडौंको सौखिन वातावरणमा हुर्किएकी रोश्लीनले हाउस मेडको रुपमा साइप्रसमा असोचनीय काम गर्नु पर्थ्यो ।

उनले साइप्रसदेखि पोर्चुगलसम्मको कहानी भन्दै गइन । म सुनिरहें । ‘युरोपियन कोही केटासँग विवाद गरेको भनेर जान तयार भए । पेपर म्यारिज गर्न भनेको थियो, मैले गरिन । पेपर विना नै म युरोपियन दलालको श्रीमती भए । केही सोध्यो भने के भन्ने ? सबै घोकाएको थियो । अरु कुनै उपाय थिएन ।

बिहान ६ बजेदेखि राती १२ बजेसम्म कुकुरलाई घुमाउने, दिशापिसाव गराउने, ट्वाइलेट सफा गर्ने, कोठाहरु सरसफाई गर्ने, भ्याकुम लगाउने, भाँडा माझ्ने यस्तै यस्तै काम गरेर साइप्रसमा १३ महिना बित्यो । तलव थियो, मासिक ३ सय १४ युरो अर्थात झण्डै ३६ हजार नेपाली रुपैयाँ ।

त्यो दुःख सम्झदा कुनै रात बाँकी रहेन की भागेर घर नजाउँ । भन्छिन्, ‘घरको याद नआएको कुनै क्षण हुँदैनथ्यो ।’ त्यसमाथि साहुको व्यवहारले झन् दिक्क बनाउथ्यो, ‘उनीहरु सोच्थे कि म खान नपाएरै उनको मुलुकमा आएको थिएँ ।’

मेरो पासपोर्ट थिएन, कार्ड थिएन, आमा विरामी हुनुहुन्थ्यो, भेट्न जान पाइन । आमा बित्नुभयो र पनि घर जान पाइन । आमाले पठाएको १० हजार ५ युरोमध्ये पोर्चुगल आइपुग्दा ७ सय युरो बाँकी थियो ।  एक सय खर्च भयो । बाँकी ६ सय मैले अहिले गाँठो पारेर राखेको छु आमाको सम्झना स्वरुप ।

१३ महिनामा सबैभन्दा खुशी भएको एक दिन रु मेरो यो प्रश्नले उनलाई धेरैबेर सोचमग्न बनायो । धेरै बेर घोत्लिएर मेरो प्रश्नको जवाफ दिइन्, ‘मसंगै आएको साथी संगीता श्रेष्ठसँगै बसेर जन्मदिन मनाएँ । त्यस बाहेक अरु छैन ।’

‘नेपालमा भूकम्प गएपछि देखेका दृष्य देखेर भक्कानो छुट्यो । धेरै बेर लुकेर आँशु झारेर रोएँ । घरमा सबै ठिकै थिए । तर ती दृष्यहरुमा म हिँडेका गल्लीका बाटा सम्झेँ, ती घरहरु भत्केको देख्दा मन थाम्नै सकिन । त्यसमाथि म सँगै आएको साथी नेपालमा भूकम्प गएपछि यहाँ बस्नै सकेन । भूकम्पले हामीलाई छुटायो र थप पीडा दियो ।’

साइप्रस उनले सोचेको युरोपका अन्य राम्रा भनिएका देश छिर्ने ट्रान्जिट देश थियो । उनी जमर्न वा नर्वे जान चाहन्थिन । तर सहज पटक्कै थिएन । ५ महिनापछि एउटा दलालसँग भेट भयो, जसले साइप्रसबाट निकाल्न सहयोग गर्ने भनेको थियो ।

टर्किको बाटो हुँदै युरोप छिराउनका लागि ४५ सय युरो (झण्डै सवा ५ लाख रुपैयाँ) दलालले लग्यो । जोसँग पछि कहिल्यै भेट भएन । भाँडा माझेर कमाएको पैसा दलालले एकै पटकमा झ्वाँम पार्दाको पीडा शब्दमा व्यक्त गर्न गाह्रो थियो । पढेलेखेको भए पनि भाषाको अभावमा लाटो भएकी थिइन उनी ।

नेपालमा सबैभन्दा बढी मिस के लाई मिस गर्नु भयो ? प्रश्न नसकिदै उनको मुखबाट फ्याट्ट् जवाफ आयो । ‘मेरो स्कुटर । कालो रंगको डुयू स्कुटर थियो । मेरो जिन्दगीको सबैभन्दा नजिकको साथी थियो त्यो । सुन्दा अचमम्म लाग्ला, मैले उसको जन्मदिन मनाउथे । त्यही स्कुटरमा भारतको बोर्डरसम्म पुगेकी छु । तर साइप्रस जानका लागि  रोइरोई एक लाखमा बेचे मेरो प्यारो स्कुटरलाई !’

दलालले पैसा लगेपछि घरमा दुःखको कुरा भन्न मन लागेन । किनकी पढ्न भनेर आएकी छोरीले साइप्रसमा यस्तो काम गर्दैछ भन्ने घर बसेकालाई थाहा थिएन । ‘घरमा फोन गरेर छोरी यो देशमा नपढी अर्को देशमा जाने भई भनेर आमालाई फकाएँ । आमाको मन न हो १२ लाखभन्दा बढी पैसा पठाईदिनुभयो ।’

रोश्लीन श्रेष्ठ पहिलेको दलालले नाम लिइरहने अर्को ददालको सम्पर्कमा पुगिन । ‘मसँग पैसा छ मलाई यहाँबाट निकाल भनेर एक महिना प्रयासपछि ५ हजार युरोमा (झण्डै ६ लाख रुपैयाँ) राजी भयो ।

उनले साइप्रसदेखि पोर्चुगलसम्मको कहानी भन्दै गइन । म सुनिरहें । ‘युरोपियन कोही केटासँग विवाह गरेको भनेर जान तयार भएँ । पेपर म्यारिज गर्न भनेको थियो, मैले गरिन । पेपर विना नै म युरोपियन दलालको श्रीमती भएँ । केही सोध्यो भने के भन्ने रु सबै घोकाएको थियो । अरु कुनै उपाय थिएन ।

अनेक हण्डर खाँदै अष्ट्रिया आईयो । त्यो दलाल पनि मलाई अष्ट्रिया छिराएर सम्पर्क विहिन भयो । अव म एक्लै थिए । ‘डु अर डाइ’ को अवस्था थियो । म सँग बैधानिक पेपर केही पनि थिएन । त्यसपछि के गर्ने, कहाँ जाने केही टुंगो थिएन । भाषा थिएन, अँग्रेजी कसैले बुझ्दैनथ्यो ।

अब म युरोप छिरिसकेको थिएँ । पहिले आमालाई फोन गरेर युरोपमा हाम्रो नजिकको कोही छ कि भनेर सोधेँ । युरोपमा त हाम्रो नातेदार कोही रहेनछ । एउटा होटलमा दुई रात बसेँ । एक रातको ८० युरो थियो । त्यसपछि जर्मनीको टिकट काटेँ । एक हप्ता जति त्यहाँ बसेँ । काम पाउने अवस्था पनि थिएन ।

पैसा सकिँदै थियो । त्यसैले सस्तो देशका लागि स्पेन वा पोर्चुगल रोज्दै थिएँ । पोर्चुगलमा पेपर पनि बन्छ भन्ने थाहा भयो । चिनेको त कोही पनि थिएन तर पनि ट्रेनको टिकट काटेर पोर्चुगल लागेँ ।

नेपाल रहँदासम्म मेरो एउटा जुनी थियो, नेपाल छोडेर विदेश यात्रा शुरु गरेपछि मेरो अर्को जुनी शुरु भएको छ । नेपालमा जस्तो फ्रि, फ्रेस र उत्साह ममा छैन ।

म पोर्चुगल आएपछि मेरो पासपोर्ट थिएन, कार्ड थिएन, आमा विरामी हुनुहुन्थ्यो, भेट्न जान पाइन । आमा बित्नुभयो र पनि घर जान पाइन । आमाले पठाएको १० हजार ५ युरोमध्ये पोर्चुगल आइपुग्दा ७ सय युरो बाँकी थियो । एक सय खर्च भयो । बाँकी ६ सय मैले अहिले गाँठो पारेर राखेको छु आमाको सम्झना स्वरुप ।

यहाँ आएपछि चाइनिजको, बंगालीको रेष्टुरेन्टमा काम गरे, एउटा बारमा काम गरे । भाषा र सम्पर्क बढ्दै थियो । आमा वितेपछि बाबासँग विस्तारै खुल्दै गएँ । बाबाले आमाको सबै गहना बेचेर हुण्डी गरि १० हजार युरो पठाइदिनुभयो । त्यो पैसा र मैले कमाएको पैसाले पोर्चुगलमा अहिले कफि सप सञ्चालन गरेकी छु ।

नेपालमा सबैभन्दा बढी के लाई मिस गर्नु भयो रु प्रश्न नसकिदै उनको मुखबाट फ्याट्ट् जवाफ आयो । ‘मेरो स्कुटर । कालो रंगको ड्यू स्कुटर थियो । मेरो जिन्दगीको सबैभन्दा नजिकको साथी थियो त्यो । सुन्दा अचम्म लाग्ला, मैले उसको जन्मदिन मनाउथेँ । त्यही स्कुटरमा भारतको बोर्डरसम्म पुगेकी छु । तर साइप्रस जानका लागि रोइरोई एक लाखमा बेचे मेरो प्यारो स्कुटरलाई !’

Advertisements