सुन तस्करी काण्डमा थप दुई पक्राउ

२८ पुस, काठमाडौं । विदेशबाट ल्याइएको ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले त्रिभुवन विमानस्थल कार्यालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

sun-taskari-gold

सुन तस्करीको गहिरो अनुसन्धान गरिरहेको सिआइबीको टोलीले कार्यालयका दुई प्राविधिक अधिकृतलाई नियन्त्रणमा लिएको हो । रेडियो टेक्निसियन राजकुमार ढकाल र तथ्याङ्क अधिकृत श्रीनारायण यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सिआइबीले जनाएको छ ।

मलेसिया सरकारले लेबिको निर्णय तत्काल कार्यान्वयन नगर्ने

गएको बिहीवार विमानस्थलको सुरक्षा पार गरी काठमाण्डौं भित्र्याईएको ३३ किलो सुन सीआईबीले पक्राउ गरेको थियो । विमानस्थल भन्सार कार्यालयले घटनामा कर्मचारीहरुको पनि संलग्नता हुनसक्ने देखेर २९ जनाको ड्यूटी अफ गरी अनुसन्धान थालेको थियो ।

Comments