२६ साउन, इस्लामावाद । उत्तरपश्चिमी पाकिस्तानमा बुधबार बिहान सबेरै भएको दोहोरो गोली हानाहानमा परी एक वरिष्ठ सैनिक अधिकारीलगायत चारको मृत्यु भएको छ ।

खैबर पाख्तुनख्वा प्रान्तमा लुकेर बसेका तालिवान आतङ्ककारीहरु लक्षित जारी सुरक्षा कारबाहीको क्रममा सुरक्षाबल र आतङ्ककारीबीच भएको झडपको क्रममा चार सैनिकको मृत्यु भएको छ ।

सुरक्षा कारबाहीमा संलग्न सुरक्षा समूहमाथि आतङककारी समूहले सुरु गरेको गोली प्रहारपछि झडप सुरु भएको थियो ।

त्यहाँ रहेका दुई आत्मघाती आक्रमणकारीमा एक भने आफै गरेको आत्मघाती आक्रमणमा मारिएका छन भने अर्को एक भने दोहोरो गोली प्रहारका क्रममा सुरक्षा अधिकारीले प्रहार गरेको गोली लागेर मृत्यु भएको थियो ।

यस आतङ्ककारी आक्रमण एक वरिष्ठ अधिकारीसहित चार सैनिकले ज्यान गुमाएका सैनिक स्रोतले जानकारी दिएको छ । यस आक्रमणको कुनै पनि आतङ्ककारी समूहले जिम्मा भने लिएका छैनन् ।

खैवर पाख्तुनख्वा प्रान्तको दिर जिल्लामा तेहरिक ई तालिवान पाकिस्तानको पहिलैदेखि नै सक्रिय रहदै आएको पाइन्छ ।

यद्यपी अफगानिस्तानको सीमा क्षेत्रमा रहेको यो इलाका सुरक्षा अधिकारीहरुले जारी राखेको कारबाहीको क्रममा आतङ्ककारीहरु सङ्ख्या घैरै कम भएको छ । रासस /सिन्ह्वा

Advertisements