२९ बैशाख, काठमाडौ ।

सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या थप गर्न कार्यदल गठन गरेको छ । आज वालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले उपप्रधान एवंम संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारको संयाजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो ।

समितीमा रक्षामन्त्री बालकृष्ण खाँड र कानूनमन्त्री अजयशंकर नायक सदस्य छन् । बैठकले कार्यदललाई ५ दिनभित्र प्रदेश नम्बरको २ मा स्थानीय तहको संख्या थप गर्ने सम्वन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

यस्तै बैठकले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलमा पुरानो दरवन्दी यथावत राखी ३ सय ४० जनालाई समायोजन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

Advertisements