२ पुस, जलेश्वर ।

भारतका पूर्वमन्त्री एवै बिहारको सत्तारुढ दल जनता दल युनाइटेडका बरिष्ठ नेता रघुबंश सिंहले मधेशको आन्दोलनलाई आफूहरुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

भारतमा पनि मधेश आन्दोलनलाई सहयोग र समर्थन जनाउनका लागि अभियान चलाएका बरिष्ठ नेता सिंहले महोत्तरीको मूख्य नाका भिठामोर र सम्सीसँगै जोडिएको भारतीय बजार बेला मछपकौनीमा आयोजित नेपाल भारत मैत्री यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

D-82

मधेश र मधेशी जनताले शुरु गरेको आन्दोलनलाई अझै बढी समर्थन र सहयोग गर्नका लागि यात्रा पनि शुरु गरेको उनले बताए । सिंहले नेपालको मधेशी माथि राज्यद्वारा चरम विभेद भइरहेको र यस विभेदलाई अन्त्य गर्न भारतले हदैसम्म सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे ।

उनले नेपाली सरकारले मधेश विरोधी संविधान बनाएको तथा मधेशीमाथि दमन, शोषण गर्दै पछाडि पार्ने प्रयास गरेकोले यो कुरा भारतलाई सह्य नहुने र मधेशीलाई समान अधिकारी दिलाउन भारतले हरेक प्रयत्न गर्ने समेत उनले बताए ।

उनले भने, ‘खसवादी सरकार जानी जानी तराई मधेशमा बस्ने लाखौ भारतीय चेलीहरुलाई नागरिकता र देशको संवैधानिक अंगबाट बञ्चित गरेर हाम्रो सम्बन्ध बिगार्न खोजेकोले हामी चुप लागेर बस्दैनौं, उनले अगाडी भने, ‘आफ्नै चेलीबेटीका लागि पनि हामी मधेशीलाई सहयोग गर्नेछौं’ ।

कमल थापा र सुष्मा स्वराजबीच फोन वार्ता

सिंहले नेपाल भारत सिमाको १८ सय किलो मिटर दक्षिण बंगाल देखि उत्तराखण्ड सम्म मधेश आन्दोलनलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह समेत गरे ।

छिमेकीप्रति मोदीको गुनासो- राम्रो सम्बन्ध बनाउन खोज्दा पनि भएन

कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सह महासचिव देवेन्द्र यादव ईतिहासविद रामचरित्र अग्रवाल भारती नेताहरु नागेन्द्र सिंह डा.ब्रजेश शर्मा, सितामढीका विधायक सुनिल कुमार कुशवाहा लगायतकाले मधेश आन्दोलन जायज रहेको र यसलाई भारतले हर सम्भव सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कमल थापालाई भारतको शर्तः भनेको बेला ओलीको साथ छोड्नु पर्छ !