५ जेठ, काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिकामा छोरी रेणु दाहालले अग्रता लिन नसकेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । यसले धेरैलाई अचम्मित गराएको छ । कतै प्रचण्डको चितवन भ्रमणले कतै मतगणना र नतिजालाई प्रभाव पार्ने त होइन ?

तर उनी मतगणनालाई प्रभावित पार्न भन्दा पनि एक औपचारिक कार्यक्रममा सहभागि हुन चितवन गएका हुन् । प्रचण्ड अहिले चितवन पुगेका छन् ।

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार दिउँसो १ः३० बजे चितवन रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको उदघाटन गर्न प्रचण्ड चितवन गएका हुन् ।

भरतपुर महानगरपालिकामा जारी मत गणनामा एमालेका देवी ज्ञवाली १२३०६ र प्रचण्ड पुत्री रेणु दाहालको ११७७७ मत प्राप्त गरेकी छिन् । भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएपनि रेणु दाहालले अपेक्षा अनुसारको मत प्राप्त गर्न सकिरहेकी छैनन् ।

यो पढ्नुस्।

ओली अकस्मात काठमाडौंबाट बाहिरिए !