tulsi ropney din२८ साउन, रसुवा । रसुवा जिल्लाको गोसाइँकुण्ड जाँदा उच्च भागमा अक्सिजन कम हुनेलाई तुलसीको बास्ना लिँदा श्वासप्रश्वासमा सन्तुलन आउने अनुभवी भक्तजनले बताएका छन् ।

भोर्ले गाविस वडा नं ६ रुप्सेपानी निवासी पदमप्रसाद पौडेलले तुलसीका बोट गमलामा राखी हरियो तुलसीको बास्ना सुँघ्दै जाँदा लेक नलाग्ने र विशेषगरी लौरिविनायकभन्दा माथि कुण्डसम्म तुलसी सुँघ्दै जाँदा अन्य सिलिन्डर अक्सिजनको आवश्यकता नपर्ने अनुभव रहेको बताएका छन् ।

यद्यपि गोसाइँकुण्डमा जाने भक्तजनका निम्ति केही वर्षयता अस्थायी स्वास्थ्य शिविरका साथै लेक लाग्ने समस्यामा परेका भक्तजनलाई तत्काल उपचार र उद्धार गर्ने प्रबन्ध पनि हुँदै आएको छ ।
तुलसीको प्रयोगका साथै हरियो कागती सुँघ्ने, ग्लुकोज पानी खाने, बिरेनुन, मरिच, ज्वानो, अदुवा वा कुनै पाचक र पेट दुखेमा लसुन र तातोपानी खाँदा आराम हुने पनि बताइएको छ ।

यही भदौ ५ गतेको जनैपूर्णिमाका अवसरमा धेरै भक्तजन गोसाइँकुण्डमा स्थान गर्न पुग्ने गर्दछन् । निकै उचाइमा रहेको यो स्थानमा जाने भक्तजनलाई लेक लाग्ने समस्या हुने गर्दछ ।