२९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ ।

यसअघि पक्राउ परेका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीको बयानका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई अख्तियारले १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।