१६ बैशाख, काठमाडौं । अचानक मौसम परिवर्तन भएपछि काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा अहिले पानी परिरहेको छ ।

स्थानीय बायू सक्रिया भएको र बंगालको खाडीबाट आएको जलबास्फयुक्त हावाको प्रभावले पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई क्षेत्रको मौसम भने सामान्य रहेको मौसमविद सुवास रिमालले बताए । उनका अनुसार अबको केही दिन विहान र बेलुकीपखको मौसम सामान्य रहेपनि दिउँसो भने मौसम बद्ली भई हावाहुरी र पानी पर्नेछ ।