१२ मंसिर, अङ्करा (टर्की) ।

कुर्दिसभाषी एक वरिष्ठ अधिवक्तालाई एक अज्ञात बन्दुकधारीले शनिबार गोली हानी हत्या गरेको डोगान समाचार संस्थाले बताएको छ ।

वरिष्ठ अधिवक्ता तथा टर्कीको दक्षिणपूर्वी दियारवाकिर प्रान्तका बार एसोसिएसनका प्रमुख ताहिर एल्सीको आक्रमणमा सहभागी बन्दुकधारीलाई प्रहरीले तत्कालै प्रतिकार गरेको थियो । प्रतिकारका क्रममा एक प्रहरी जवानको समेत मृत्यु भएको डोगानले जनाएको छ ।

टाउकोमा चोट लागी घाइते भएका वरिष्ठ अधिवक्ता एल्सीको घटना भएको केही समयमै निधन भएको हो ।

एल्सीले केही समय अगाडि कुर्दिस्तान वकर्स पार्टी (पिकेके) आतङ्ककारी सङ्गठन नभएको बताएपछि उनको टर्कीमा व्यापक आलोचना भएको थियो ।

टर्कीमा सन् १९८४ देखि सुरु भएको द्वन्द्वका कारण अहिलेसम्म करिब ४० हजार मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।

टर्कीको सरकार, युरोपियन युनिएन र अमेरिकालगायतका राष्ट्रहरुले पिकेकेलाई आतङ्कवादी सङ्गठनका रुपमा व्याख्या गर्दै आएका छन् । रासस/सिन्ह्वा