विष्णु पौडेल/ २८ भदौ, लिस्बाेन ।

पोर्चुगलको राजधानी लिस्वनमा गए राती छुरा प्रहार गरि एक जना नेपालीको हत्या भएको छ । पर्वत जिल्लाको मजुवा घर भएका मृतक नेपाली लामो समयदेखि पोर्चुगलमा परिवार सहित बस्दै आएका थिए ।

राजधानी लिस्वनको क्याम्पे पिकान्ते स्थित सडकमा अज्ञात व्यक्तिले छुरा प्रहार गरेको थियो । छुरा प्रहारबाट दाजुको घटना स्थलमा नै मृत्यु भएको थियो । उनि संगै भएका भाई सामान्य घाइते भएका छन् ।

सडकमा छुरा प्रहार गरि हत्या गरेको पोर्चुगल प्रहरीलाई उदृत गर्दै स्थानिय टेलिभिजनले समाचार सार्वजनिक गरेका छन् । मृतक चाइनिजको रेष्टुरेष्टमा काम गर्दै आएका थिए । दुई दिन अघि मात्र साहुले उनलाई कामबाट निकालेको थियो ।

दाजुको घटना स्थलमा मृत्यु भएको थियो भने सामान्य घाइते भएका भाईको अहिले यहां स्थित सान्तामारा हस्पीटलमा उपचार भइरहेको छ ।

उनि केहि वेर अघि डिस्चार्ज भएको घटना स्थल पुगेका एनआरएन पोर्चुगलका निर्वतमान अध्यक्ष भिमकमल केसीले जानकारी दिएका छन् । मृतककोे नाम सार्वजनिक गरिएको छैन । प्रहरीले घटनाको अनुसंधान गरिरहेको जनाएको छ ।