एजेन्सी । १५ बर्षीया कुसमावतीलाई जब पेट दुख्यो तब एक वैद्यले उनलाई गाईको दूधमा बालुवा मिसाएर पिउन सल्लाह दिए ।

वैद्यले भनेजसो गर्दा उनको दुखाई हट्यो । तर बालुवामा कस्तो स्वाद थियो कुन्नी उनलाई यसको लत नै बस्यो । भारत बारणाशीको कटारी गाउँकी कुसमावती अहिले ७८ बर्षकी पुगिन् तर ६३ बर्ष अघि लागेको बालुवा खाने लत अझै छुटेको छैन ।

sandwomanpic-2दुई छोरा र एक छोरीकी आमा कुसमावतीका नाती नातिना पछि अहिले ठूलठूला भइसकेका छन् । उनीहरुले दैनिक हजुरआमाका लागि बालुवाको जोहो गर्नुपर्छ । कयौं पटक त छिमेकीले उनलाई बालुवा उपहार पनि दिने गरेका छन् । कुसमावती सेतै फुलिसकेकी छिन् तर न चश्मा लाउनुपर्छ न त शरीर नै कुप्रो । त्यतिमात्र होइन उनी खेतबारीको काम पनि गर्छिन् ।

sandwomanpic-1

उनी धान, गहुँ काट्ने, २० किलोको वजन उठाएर कुखुरलाई दाना खुवाउने लगायतका काम पनि गर्छिन् । उनी अहिले पनि दिनभरमा झण्डै एक किलो बालुवा खाने दाबी गर्छिन् ।

उनले एउटा रमाइलो किस्सा पनि सुनाइन् ‘एक पटक छिमेकीले घर बनाउन बालुवा ल्याएका थिए, चाखेपछि मलाई यति मिठो लाग्यो कि मैले आजसम्म त्यति मिठो बालुवा खाएकै थिइन । त्यहाँको बालुवा मैले केही दिनमै झण्ड तीन चार बोरा नै खाएँ होला । त्यसको सट्टामा मैले घरमा राखेको बालुवा लगेर राखिदिने गरेकाले कसैले थाहा पाएनन् ।’

sandwomanpic-3

उनका नातीहरु पनि हजुरआमाको जीवन शैली देखेर अचम्ममा परेका छन् । ‘मैले बाल्यकालदेखि नै देखिरहेको छु हजुरआमाले बालुवा खाँदै आएको, उनका नाति सुन्दरमले भने, उहाँ पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ ।’