रामायणमा लक्ष्मणको प्राण फिर्ता ल्याउन हनुमानले संजीवनी बुटी भएको पर्वत नै उठाएर ल्याएको प्रसंग सबैले सुन्दै, पढ्दै आएको हो । संजीवनीलाई एक चम्किलो प्रकाश र विचित्र गन्ध भएको बुटी मानिदै आएको छ । भनिन्छ संजीवनी पर्वत आज पनि श्रीलंकामा छ ।

श्रीलंकामा रुमास्सला पर्वतको नामले चिनिएको यस पहाड यहाँको सुन्दर ठाउँ मध्ये एक हो । श्रीलंकाको दक्षिण समुन्द्री किनारमा यस्ता केही ठाउँ छन्, जसलाई हनुमानले ल्याएका पहाडको टुक्रा झरेको निर्माण भएको मानिदै आएको छ।

जहाँ–जहाँ यी ट्क्रा खसे, त्यहाको जलवायु र माटोमा परिवर्तन आयो । अझ रोचक कुरा त यी खसेका पहाडमा भेटिने रुख–विरुवा श्रीलंकाको अन्य भागमा पाइने विरुवाभन्दा विल्कुल फरक छन् । रुमास्सलापछि सबैभन्दा महत्वपूर्ण ठाउँ हो रीतिगाला ।

जब हनुमानले संजीवनीको पहाड उठाएर ल्याए त्यसको एक टुक्रा रीतिगालामा खस्यो । श्रीलंकाको एलिया शहरदेखि १० किलोमिटर टाढा रीतिगाला बगैँचामा हनुमानले उठाएको पहाडको अर्को भाग झर्यो । सुन्दा पत्यार लाग्दैन तर यस ठाउँको माटो र बोट–बिरुवा पनि वरपर क्षेत्रको भन्दा निकै फरक छ ।

यो पढ्नुस्।
यी ६ काम हनुमानले मात्रै गर्न सक्थे
हनुमानको पूजा होइन यी ४ कुरा सिक्नुस
हनुमान चालिसामा निकालिएको छ सूर्य र पृथ्वीबीचको दूरी…
हनुमान अझै जिउँदै छन्, यस्ता छन् प्रमाण