२६ भदौ, काठमाडौं ।

मलेरियामा जारी एसीसी १९ वर्षमुनीको क्रिकेटमा नेपालले थाइल्याण्डलाई २८२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला व्याटिङ्गमा उत्रेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पूरै ५० ओभर खेलेर ७ विकेटको नोक्सानीमा २८१ रन बनाउन सक्यो ।

थाइल्याण्ड विरुद्ध नेपालका अनिलकुमार साह र प्रनित थापाले अर्थसतक प्रहार गरे । नेपालका लागि सानदार पारी खेलेका अनिलले ५ छक्का र ६ चौकाको मद्दतमा ९१ रन बनाए । त्यस्तै प्रनितले ३ छक्का र ३ चौकाको मद्धतमा ५० रन जोड्न सफल भए ।

सन्दीप सुनार ३२, रोहित कुमार पौडेलले २८, कप्तान दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले समान २२ र आशिफ शेख २१ रनको योगदान गरे ।

शतप्रतिशत जित निकाल्ने लक्ष्यका साथ नेपाली टोली मलेशिया गएको हो । प्रतियोगिताको समूह ए मा रहेको नेपालले समूह चरणमा थाइल्याण्डसंगै सिंगापुर र भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा मलेसिया, चीन, हङकङ र म्यानमार रहेका छन । नेपालले समूह चरणमा आउँदो बुधवार भुटानसंग र बिहिवार सिंगापुरसंग प्रतिस्पर्धा गर्नेछ ।

दुवै समूहका शीर्ष टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । उपाधि विजेता टोलीले १९ वर्षमुनीको एसियाकप छनोट खेल्न पाउनेछ ।