शरीरको लागि आवश्यक प्रोटिन, भिटामिन लगायत स्वस्थर फ्याटको स्रोत हो अण्डा। बिहान ब्रेकफास्टमा नियमित अण्डा सेवन गर्दा दिनभर आवश्यक उर्जा यसबाट पाइन्छ। यसले पुर्याउने विभिन्न फाइदाको बारेमा सबैलाई ज्ञात नै छ। तर जब अण्डाको सेता वा पहेँलो भागको विषयमा आउँछ प्रश्न अनुत्तरित नै छ किन कुन ठिक ?

क्यालोरी
क्यालोरीको हिसाबमा अण्डाको सेतो र पहेँलो भागमा ठूलो फरक छ। एउटा अण्डाको सेतो भागले १७ क्यालोरी शक्ति दिन्छ भने पहेँलो भागले झण्डै ५५ क्यालोरी शक्ति दिन्छ।

पहेँलो भाग

अण्डाको पहेँलो भाग सदियौं देखि अस्वस्थकर मानिदै आएको छ। कारण हो, यसमा हुने स्याचुरेटेड फ्याट र कोलेस्टेरोल जसले शरी कोलेस्टेरोलको स्तर बढाएर हृदयघातको प्रवलता बढछ। तर सेतो भाग भन्दा पहेँलो भागले बढी पौष्टिकता दिने भने नकार्न सकिन्न।

पहेँलो भागमा भिटामिन बी ६, बी १२, ए, डि, इ र के पाइन्छ। साथै यसमा क्याल्सियम, म्याग्नेसियम, आइरन र सेलेनियम पाइन्छ। यसमा पाइने केरोटिनोइड्सले आँखालाई राम्रो गर्छ। केरोटिनोइड्सले एन्टिअक्सिडेन्डको रुपमा काम गर्छ जसले आँखाको रेटिनालाई सुरक्षित राख्म सक्छ। पहेँलो भागमा हुने ‘चोलिन’ पानीमा घुल्ने भिटामिन हो, जसमा एन्टी इन्फ्लामेटोरी गुण हुन्छ। अर्थात यसले शरीरमा भएको जलन कम गर्छ।

सेतो भाग

स्वास्थ्यसंग खेलबाड नगर्ने व्यक्तिहरुले सामान्यतया अण्डाको सेतो भागमात्र खाने गर्छन्। यसमा फ्याट हुँदैन र क्यालोरी पनि थोरै हुन्छ। थोरै क्यालोरिमा धेरै प्रोटिन दिन्छ। मसल्स बनाउन र तौल बढाउन सेतो भागको सेवन फलदायी हुन्छ। यसमा पाइने पोटासियमले ब्लड प्रेसर सन्तुलनमा राख्छ। यसमा पाइने ‘रिबोफ्भिन’ भिटामिनले माइग्रेन पनि कम गर्छ।

कुन ठिक?

अण्डामा पाइने आइरनको ९३ प्रतिशत पहेँलो भागमा हुन्छ। बाँकी ७ प्रतिशत सेतो भागमा हुन्छ। त्यस्तै ९० प्रतिशत क्याल्सियम पहेँलो भागमा हुन्छ। यदी क्यालोरीको लागि अण्डा सेवन गर्ने हो भने पहेँलो भाग सेवन गर्नुस्। र स्वास्थ्य प्रति चेतनशील हुनुहुन्छ भने सेतो भाग खानुस्। दुवै चाहिन्छ, पुरा अण्डा खानुस्। अनि शारीरिक र मानसिक सहजता चाहनुहुन्छ, माछामासु र अण्डा छोड्नु शाकाहारी खानुस्।