अण्डा उसिनेपछि रहेको पानी फाल्ने गर्छौ । तर, तपाईलाई थाहा नहुन सक्छ, अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुन्छ । जान्नु्होस्, यस्तो पानीले विरुवालाई कति तरिकाले फाइदा पुर्याउँछ ।

विरुवा बढ्छ – घर वा अपार्टमेन्टमा राख्नुभएको ‘मनी प्लान्ट’ले सिधा घामको किरण लिन पाउँदैन । यस्तो अवस्थामा तपाई आफ्नो अपार्टमेन्ट वा घरको ‘प्लान्ट’मा अण्डा उमालेर बाँकी रहेको पानी हाल्नु भयो भने चाँडै बढ्छ ।

बलियो जरा – अण्डा उसिनेको पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउँछ ।

मल बन्छ – जब अण्डा उसिन्छौ, अण्डाले पानीमा मिनरल्स छोड्छ । यो मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ ।

औषधि – यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ । विभिन्न खाले रसायनिक मलको प्रयोग गर्नुभन्दा यस पानीको प्रयोग गर्न सकिन्छ । यद्यपी, यस्तो पानी सेलाएपछि मात्रै ‘प्लान्ट’ वा विरुवामा हाल्नुपर्छ । महिनाको एक पटक अण्डा उमालेको पानीलाई यसरी प्रयोग गर्नुभयो भने विरुवा चाँडै बढ्छ ।