२८ बैशाख, कैलाली ।

नेपालकै सर्बाधिक धनराशीको महिला त्द्दण् किर्केट प्रतियोगिता सम्पन्न भएको केही दिनमै फेरी अतरियामा पि एफ ए भेट्रान कप हुने भएको छ । प्ले फर स्पोर्टस क्लब अत्तरियाको आयोजनामा जेष्ट ५ देखी १५ गतेसम्म भेट्रान कप हुने भएको हो ।

धनगढी, महेन्द्रनगर, गुलरिया, टिकापुर, लालबोझी, डडेल्धुरा लगाएतका ठाउँहरुका १६ वटा टिमको प्रतियोगितामा सहभागीतामा रहने क्लबका अध्यक्ष सन्तोष भट्टले जानकारी दिए । स्वास्थयका लागी खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिने प्रतियोगिता रबरको बलले खेलिने नेपालकै ठुलो प्रतियोगिता हुने भएको आयोजकले दाबी गरेको छ ।

बिजेताले एक लाख ५१ हजार एक सय ११, उपबिजेताले ७५ हजार ५ सय ५५ ,बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र म्यान अफ द सिरिजले नगद १० हजार प्राप्त गर्नेछन । २० ओभरमा खेलाइने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका खेल सम्योजक प्रेम अबस्थीले जानकारी दिए ।

२९ बर्षभन्दा माथिका उमेर समुहका खेलाडीले मात्र प्रतियोगितामा सहभागीता जनाउने छन । प्रतियोगिता अत्तरिया पूर्वरोडमा रहेको शशस्त्र प्रहरी खेल मैदानमा हुनेछ ।