१० भदौ, एजेन्सी । गैर नाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपपछि झडपमा परी देशका विभिन्न शहरमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको पुगेको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको र दुई सय पचास बढी घाइते भएका भारतीय  विभिन्न समाचार माध्यमले जनाएका छन् ।

हरियाणामा दशौं हजार मानिस धर्मगुरु रहीमको समर्थनमा उत्रेका छन् । प्रदर्शनका क्रममा प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको छ ।

स्थितिलाई नियन्त्रण बाहिर जान नदिन पानीका फोहरा, अश्रुग्याँस तथा हवाई फायर समेत गरेको प्रहरीले स्वीकार गरेको छ ।