१४ वैशाख, काठमाडौं। ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गरेका छन् ।

यो पढ्नुस् : नेपालले भारतीय नागरिकलाई स्थानीय तह निर्वाचनमा भाग लिन अनुमति दिनसक्ने: भारतीय मिडिया

एमाले मुख्यालय धुम्रबाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा विद्यमान राजनीतिक गतिरोध, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा विचार विमर्श भएको थियो । रासस