१३ चैत, काठमाडौं ।

सरकारल जारी गरेको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका संवैधानिक प्रावधान विपरित भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयलाई विपक्षी बनाई दायर रिटमा निर्देशिका खारेजीको माग गरिएको छ ।

अधिवक्ता वावुराम अर्याल, अधिवक्ता सन्तोषबाबु सिग्देल र पत्रकार प्रवेश सुवेदीले दायर गरेको रिटमा विधायिकाले अर्कै उद्देश्यले पारित गरिएको कानुनमा टेकेर ल्याइएको निर्देशिका संविधान बमोजिम नभएकोले खारेजीको माग गरिएको छ ।

अन्य सञ्चार माध्यमसरह इन्टरनेटको प्रयोग गरी नागरिकले अभिव्यक्ति स्वन्त्रतताको अभ्यास गर्न पाउनु पर्ने भन्दै निर्देशिका संविधान विपरित स्वतन्त्र सञ्चार माध्यम नियन्त्रण गर्ने बदनियतका साथ आएको रिटमा उल्लेख छ ।