१४ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले अनशनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् ।

बालुवाटारमा प्रचण्डलाई बाबुरामको जवाफ- संविधान संसोधनमा समर्थन छ

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. केसीलाई १७ औं दिन स्वास्थ्य मन्त्री थापाले त्रिवि शिक्षण अस्पताल पुगेर भेटेका हुन् । मन्त्री थापाले डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति आफू गम्भीर रहेको भन्दै आज बेलुकी बस्ने मन्त्रिपरिषद् बैठकमा उनकोे मागबारे कुरा उठाउने बताएका छन् ।

images-cms-image

संविधान संसोधनमा देउवाको अर्को कार्ड !

भेटपछि ट्वीट गर्दै मन्त्री थापाले केसीले उठाएका माग सम्बोधन आफूले गर्न नसक्ने उल्लेख गरेका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा वरिष्ठताको आधारमा डिन नियुक्ति हुनुपर्ने, त्रिवि उपकुलपति तीर्थ खनियाँको बर्खास्ती हुनुपर्ने लगायतका माग राखी डा. केसी अनशनमा छन् ।

छोराको समाचारले विप्लवलाई तनाव, चेतावनी दिँदै लेखे स्ट्याटस

मन्त्री थापाले ट्वीटमा भनेका छन् ‘यो मेरो कार्यक्षेत्र भित्र पर्दैन, शीर्ष नेताको इच्छाशक्ति र हस्तक्षेपबाट मात्रै संभव हुन्छ ।’ अनशनरत डाक्टर केसीको स्वास्थ्य गम्भीर बन्दै गएको उनका सहयोगीले बतएका छन् ।