१४ फागुन, काठमाडौँ।
नेपाल पत्रकार महासङ्घको जिल्ला अधिवेशनमा सदस्यताको विवादलाई लिएर आमरण अनशन बस्दै आएक पत्रकारको अवस्था गम्भीर बन्दै गएको छ ।

सदस्यताको विवादलाई दिएर यही फागुन ११ गते बिहान ७ बजेदेखि सञ्चारग्रामस्थित महासङ्घको केन्द्रीय कार्यालयको मूल ढोकामा तालाबन्दीसहित आमशरण अनशन बस्दै आउनुभएका महासङ्घ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गाना र इलाम शाखा सदस्य प्रेम अधिकारीको अवस्था गम्भीर बन्दै गएको हो ।

“उहाँँहरू दुवै जनालाई टाउको दुख्ने, ज्वरो आउने, कमजोर भएर बोल्न समेत नसक्ने जस्ता समस्या देखिएको छ, स्वास्थ्य परीक्षणका लागि डाक्टरलाई बोलाइएको छ”, अनशनस्थलमा रहनुभएका प्रेस युनियन इलामका अध्यक्ष तोयानाथ भट्टराईले भने ।

लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजलगायत सङ्घसंस्थाले अनशनमा बस्नुभएका पत्रकारद्वयको जीवनरक्षाको माग गर्दै आएका छन् । रासस