६ असोज, एजेन्सी । टर्कीको अदालतले अनसन बसेका दुई जना शिक्षकको पक्षमा वकालत गरेका १४ जना वकीललाई जेल चलानको फैसला बिहीबार सुनाएको छ ।

सन् २०१६ को जुलाईमा शिक्षकद्धय नुरिय गुल्मेन र सेमिह ओजाक्काले भोक हड्ताल गरेका थिए ।

सार्वजनिक क्षेत्रमा जागिर गरेकाहरु मध्ये झण्डै एक लाख ४० हजार जनालाई निलम्बन गरिएको छ ।

दुवै शिक्षकले मार्चमा भोक अड्ताल सुरु गरेका थिए । आतङ्कबादी गतिविधिलाई सहयोग गरेको आरोपमा उनीहरुलाई जेल चलान गरिएको थियो ।

गत सेक्टेम्बर १४ मा उनीहरूलाई अदालतमा बोलाइएकोमा उनीहरु स्वास्थ्यका कारण अनुपस्थित भएका थिए ।
जनताको अधिकार नामक संस्थाको तर्फबाट १६ जना वकीलले पालैपालो बहस गरेका थिए ।

उनीहरूसँगको बहस सकिएपछि इस्तानबुल अदालतले आतङ्कवादी समूहको सदस्य भएको भन्दै १४ जना वकीललाई जेल पठाउने आदेश दिएको हो । (रासस/एएफपी)