१२ फागुन, एजेन्सी।

फिल्म प्रमोट गर्न बलिउडमा अनेक थरीका प्रयोग गरिन्छन्। यसैबिच बलिउडकी नायिका अनुष्का शर्मासंग सम्पर्कको लागि मोबाइल नम्बर सार्वजनिक गरिएको छ। सार्वजनिक भएको मोबाइल नम्बरको मद्धतले उनीसंग ह्वाट्सएपमा जोडिन सकिनेछ।

फिल्म प्रमोशनको बेला सेलेब्रेटी गायब हुने बताउँदै फक्स स्टार स्टुडियोका चिफ मार्केटिङ अफिसर शिखा कपुरले एक विज्ञप्ती जारी गर्दै फ्यान र कलाकारबीच सम्पर्क बनाइराख्न मोबाइल नम्बर सार्वजनिक गरेको बताउँछन।

अनुष्का शर्माको अपकमिङ फिल्म ‘फिल्लौरी’ को प्रमोशनको लागि यो नयाँ मोबाइल नम्बर रजिष्टर गरिएको हो। ९८६७४७३१७८ नम्बर शशिको नाममा रजिष्टर गरिएको छ। ‘फिल्लौरी’मा अनुष्काको नाम शशि छ। यो नम्बर फिल्मको प्रचारको लागि प्रयोग गरिने बताइएको छ।

फिल्म २४ मार्चमा रिलिज हुनेछ।