हरेक रोगको कुनै न कुनै संकेत हुन्छ । यसैगरी केही स्वास्थ्य समस्या छन्, जुन अनुहारबाट थाहा पाउन सकिन्छ । यसमध्ये कुनै निक्कै गम्भिर समस्या पर्छन्, जसलाई देखाउँन तत्कालै चिकित्सक कहाँ जानुपर्ने हुन्छ ।

१. अनुहार सुन्निनु – यदि पुरै अनुहार सुन्निने हुन्छ भने यो मृगौला सम्बन्धि रोगको संकेत हुनसक्छ । यद्यपी, यस्तो समस्या औषधिको ‘साइड–इफेक्ट’का कारण पनि हुनसक्छ ।

२. दारीको रौँ झर्नु – दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकत हुनसक्छ ।

३. अनुहारमा रौँ – महिलाको ओठको माथि र चिउँडोमा अस्वभाविक रुपले रौँ आउँनु थाइराइड वा हर्मोनल असन्तुलनको संकते पनि हुनसक्छ ।

४. अनुहार पहेलिनु – लामो समयसम्म अनुहारमा पहेलोपना रहनु कलेजो रोगको संकेत हो । साथै यो पहेलोपन पोलिया र एनिमिया अर्थात् रक्तस्रावको संकेत पनि हुनसक्छ ।

५. सेतो दाग – अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ । साथै यो आयरनको कमी वा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ ।

६. चम्किलो सेतो दाग – अनुहारमा केही स्पष्ट देखिने सेतो दाग हुनु कुष्ठ रोगको संकेत हुनसक्छ । यो समस्या केही ग्िम्भर हुन्छ ।

७. पानी फोका – अनुहारमा पानी फोका आउँनु ‘चिकनपक्स’(ठेउला)को संकेत हो ।

८. डन्डिफोर आउनु – अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो । त्यस्तै पेट सम्बन्धि समस्या पनि हुनसक्छ ।

९. सुन्निनु – लगातार केही दिनसम्म पुरै अनुहार सुन्निनु एन्जियोएडिमाको संकेत हुनसक्छ ।

१०. अनुहारमा हल्का दाग – यदि अनुहारमा हल्का सेतो दाग देखिएमा यो पेटमा जुका रहेको संकेत हो ।