मानिसको सबैभन्दा पहिलो ब्यक्तित्व देखाउने कुरा भनेकै अनुहार हो । कुनै पनि ब्यक्तिको चम्किलो अनुहार छ भने त्यसको प्रभाव नै फरक हुन्छ ।

यहाँ चम्किलो अनुहार बनाउने ८ फर्मुलाको विषयमा चर्चा गरिएको छ । यी तरिका अनुहारमा चमक ल्याउनका लागि अचुक मानिएका छन् ।

मुखलाई जति सकिन्छ आँ पार्ने राख्न सकिने जति सम्म खुलै राख्ने । अनि आराम पनि गर्ने । यस्तो प्रक्रिया दिनमा ५ देखि ६ पटक सम्म गर्दा अनुहारमा चमक आउँछ ।

face bright 3

मुख बन्द गरेर माथिल्लो ओंठमा हावा भर्नुस् र ३० देखि ५० सेकेण्ड सम्म यत्तिकै बस्नुस् । हावालाई पालै पालो दायाँ र देव्रे गालामा लगेर केही बेर राख्नुस् । १० देखि १५ मिनेट सम्म दैनिकरुपमा यस्तो कसरत गर्ने गर्नुस् ।

face bright


माछाको जस्तो चुच्चो मुख पार्ने र हाँस्ने १० देखि १५ सेकेण्डकोकसरत दिनमा ५-६ पटक सम्म गर्नु भयो भने तपाइँको अनुहारमा एकाएक चमक थपिँदै जान्छ ।


टाउको पछाडी झुकाउने र थोरै माथितिर हेर्ने । मुखमा हावा भरेर विस्तारै छोड्ने । यस्तो कसरतले अनुहारमा आउका धर्साहरु हराउँछन् । ।


दुवै आँखी भौंको मुनी र माथी बुढी तथा चोर औंला राखेर मसाज गर्न । यस्तो कसरत दैनिक गर्दा छाला चाउरिने समस्या हुँदैन भने अनुहारमा चमक आउँछ ।


मुखमा हावा भरेर केही बेर सम्म राख्ने र छोड्ने । हावा मुखमा भर्दै छोड्दै गर्ने यस्तो कसरत दैनिक गर्‍यो भने छाला चाउरी पर्नबाट जोगिने मात्र होइन चमक पनि थपिन्छ ।

face bright 1


गहिरो स्वास लिने र छोड्ने । मुखलाई खोलेर जिव्रो समेत बाहिर निकालेर चिच्याउने अभ्यास गर्दा अनुहार र यस वरिपरीको भाग स्वस्थ हुनुका साथै चमक पनि आउँछ ।

face bright 2


तल्लो ओंठले माथिल्लो ओंठलाइ धकेलेर नाक सम्म पुर्‍याउने । १० सेकेण्डजति यस्तै अवस्थामा राख्ने । यस्तो कसरत दिनमा १० पटक सम्म गर्दा अनुहामा चमक थपिन्छ ।