एजेन्सी । प्रविधीको विकाससंगै विभिन्नखाले रोगहरु पनि बढ्दै गएका छन् । बच्चादेखि बुढासम्म कैयौ व्यक्तिहरु विभिन्न रोगबाट पिडित छन् । यस्तै रोग बंगलादेशकी १० वर्षीय शहानालाई पनि लगेको थियो । यिनको अनुहारमा रुखको जराजस्तै देखिन्छ । उनको अनुहार देखेर प्राय मानिसहरु डराउने गर्दछन् । शाहना ट्रीम्यान सिंड्रोमबाट पिडित छिन् ।

उनको अनुहारमा ७ महिनादेखि नै लक्षण देखा परेको थियो । पछि गएर अनुहार भरि फैलियो । विश्वभरमा एकपटक यो रोग १० व्यक्तिमा देखा पर्दछ । यो रोग प्राय पुरुषमा देखिन्छ भने शाहना पहिलो युवती हुन् । यिनको उपचार भइरहेको छ ।

यस्तै अन्य कैयौ दुर्लभ रोगहरु छन । यसकैकारण विरामीको नाम मेडिकल किताबमा दर्ता गराइन्छ । यस्तै अन्य केही रोगहरु छन्, जुन हेर्दै आङ सिरिङ्ग हुन्छ ।
एलीफेन्टीयासिस –यो रोगको बारेमा पहिले देखि नै सुनिदै आएको छ । यो रोगको भाइरस लामखुट्टेद्धारा सर्दछ । व्यक्तिको खुट्टाको आकार असामान्य रुपले बढ्दै जानु यस रोगको लक्षण हो । यस रोगको समयमै उपचार गरिएन भने शरिरभर फैलिदै जाने हुन्छ ।
एपिडरमोडिस्प्लेसिया वरुसीफोर्मिस-खतरनाक रोगमभ्ये यो पनि एक हो । जसलाई ट्री वार्क पनि भनिन्छ । यो हाम्रो छालासम्बन्धि दुर्लभ रोग हो । पापीलोमा नामक भाइरसका कारण यो रोग लाग्दछ । जसमा पुरै शरिर रुख जस्तै देखिदै जान्छ ।
प्रोजेरिया -यो रोग पनि कुनै खतरनाक रोग भन्दा कम छैन । यसमा सानो उमेरको व्यक्ति पनि बुढेसकाल लागेको जस्तो देखिन्छ । यो रोग ८० लाख व्यक्तिमध्ये एउटा व्यक्तिमा देखिन्छ । यो रोग लागेपछि सानैदेखि कपालमा रौ उम्रिदैन, आँखा नदेख्ने हुन्छ र किशोरावस्थामा अनुहारमा चाउरी पर्दै जान्छ ।
हाइपरट्राइकोसिस –यस रोगका कारण व्यक्तिको पुरै शरीरभरि असामान्य रुपले रौ उम्रिदै जान्छ । विस्तारै व्यक्ति जनावर जस्तो देखिदै जान्छ । यो रोगलाई उल्फ सिंड्रोम को नामले पनि चिनिन्छ । हालसम्म यो रोग संसारभर ५० जनामा देखा परेको छ । १८ औं, १९ औ शताव्दीमा कार्यक्रममा आकर्षणको लागी यो रोगका विरामीलाई सर्कसमा राखिन्थ्यो ।
कोटार्डस सिंड्रोम –व्यक्तिले आफु मरेको अनुभव गर्ने यो एउटा अनौठो स्थिती हो । यसलाई भ्रम पनि भनिन्छ । जहाँ व्यक्तिले आफु मरिसकेको अनुभव गर्दछ । शरीर गलेको, विस्तारै रगत सुकेको र शरीरका अंगले काम गर्न छोडेको अनुभव रोगीले गर्दछ । यो रोग १८८० मा देखिएको फ्रेन्च न्युरोलोजस्टले बताएका छण । हाल यस्तो विरामी देखा परेका छैनन ।
मेथेग्लोविनेमिया -यो एक दुर्लभ तथा वंशाणुगत रोग हो । जसमा विरामीको शरिरभरि निल डाम देखा पर्दछ । रगतमा मेथेमोविनेलीयाको मात्रा बढि भयो भने यो रोग लाग्ने गर्दछ । साथै विस्तारै स्वासप्रश्वासमा समस्या देखा पर्दै जान्छ ।
फरेन एसेन्ट सिन्ड्रोम -यस रोगको असर दिमागमा पर्न जान्छ । विरामीले बोल्ने भाषाको तरिका एकाएक बदलिँदै जान्छ । यसमा रक्तश्रावले व्यक्तिको मस्तिष्कमा असर पार्दछ । यस रोगका विरामीले आफ्नो मातृभाषा बोल्न बिविर्सेर कहिल्यै नसुनेको विदेशी भाषा बोल्न थाख्दछन् ।