संसारमा मानिस एकसेएक चमत्कार गर्छन। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा यस्ता अनौठा कार्य प्रशस्त भेटिन्छ। सुनिदै नसुनिएका, ‘यस्तो नि गर्न मिल्छ र?’ प्रश्न उब्जाउने यी कार्यहरु नौला हुन्छन्। यहाँ केही अनौठा कार्यहरुको चर्चा गरिएको छ जुन गिनिज बुकमा लेखिएका थिए।

सबैभन्दा धेरै स्याउ फुटाउने

apple-biceps world record

अमेरिकाकी एक महिलाले एक मिनेटमा आफ्नो बाइसेप्सले १० वटा स्याउ तोडेकी थिइन्। लिन्सी लिंडबर्गले इटालीमा यो रेकर्ड सन् २०१४ ३ जुलाईमा बनाएकी थिइन। ३५ वर्षिया यी महिला अमेरिकाको टेक्सासमा बस्छिन। यो भन्दा अघि सन् २०१३ मा उनले एक मिनेटमा ८ वटा स्याउ फुटाएकी थिइन।

दाँतमाझ्ने ब्रसमा घुमाइएको बल

ball-on-tooth world recordनेपालला थानेश्वर गुरागाईँले टुथब्रशको माथी बास्केटबल घुमाएको रेकर्ड बनाएका थिए। सन् २०१२ मा बनाइएको यो रेकर्डमा उनले आफ्नो दाँताको बिचमा टुथब्रस राखेर अर्को फेदमा २२.४१ सेकेण्डसम्म बल घुमाएका थिए।

सबैभन्दा धेरै ट्याटु

tattoo world record

न्युजील्याण्डका ओलल्याण्डमा बस्ने ली वियर कार्टुन पात्र (द सिम्पसन्स) का ठुला फ्यान हुन। कार्टुनबाट प्रेरित भएर उनले आफ्नो शरिरमा ४१ ट्याटु बनाएका थिए। उनको नाम गिनिज बुकमा लेखिएको छ। उनको शरिरको अधिकांस भाग कार्टुनको ट्याटुले भरिएको छ।

चारखुट्टाले सबैभन्दा छिटि हिड्ने

four-feet-man world record

मानव दुईखुट्टे प्राणी हो। हात र खुट्टा सबैप्रयोग गरि हिड्न निकै कठिन हुन्छ। चारैखुट्टाले सबैभन्दा छिटो हिड्ने रेकर्ड जापानका केनिची इटोले आफ्नो नाम गरेका थिए। उनले १७.४७ सेकेन्डमा १०० मिटरको दुरी चारखुट्टा टेकेर पुरा गरेका थिए।

कुकरले चलाएको साइकल

dog-on-cycle world record

मानिसमात्र किन? ३ वर्षको एक फ्रन्च प्रजातिको कुकुरले साइकल चलाएर गिनिज बुकमा नाम लेखाएको छ। ३० सेकेन्डमा ९८ फिट दुरीसम्म साइकल चलाएको थियो।

यो पनि पढ्नुहोस्।

साइकल चलाउने कुकुर (फोटो फिचर)

हाँसले लियो कुकुरको सातो (फोटो फिचर)