२० मंसिर, काठमाडौं ।

संघीय मामिला तथा तथा कानून मन्त्री अजय शंकर नायकले नेपालमा संघीयता लागु भएपछि अन्ततः देश १० वा १४ प्रदेशमा जाने दावी गरेका छन् ।

रञ्जित रेलाई देश निकाला गर्न मागः हेलो सरकारको जवाफ- प्रक्रिया अघि बढ्यो

संघीयता लागु नहुँदै यसलाई नबुझेर यो जिल्ला छु्ट्टाउन नहुने भन्दै भैरहेका विरोध संघीयता लागु भएपछि साम्य हुने समेत उनको जिकिर छ ।

ajay-shankar-nayak-minister-interview-2

नेपाली हेडलाइन्ससँग गरेको कुराकानीमा मन्त्री सरकारले अहिले ल्याएको संविधान संसोधनको प्रस्ताव विभक्त रहेका दलहरुलाई एक ठाउँमा ल्याएर चुनावमा जाने उत्तम प्रस्ताव भएको दावी गर्दै यसको विकल्पमा अर्को सर्वस्वीकार्य प्रस्ताव आए सरकार त्यसलाई लिएर अघि बढ्न तयार रहेको बताए ।

मधेशी मोर्चाका नेताहरुले संसोधन प्रस्तावको ठाडै विरोध गर्नु अपरिपक्व ब्यवहार भएको भन्दै मन्त्री नायकले मोर्चाले कम्तिमा सकारात्मक प्रस्ताव भनेर अघि बढेको भए उचित हुने तर्क गरे ।

राष्ट्रपतिकै अगाडि ओलीलाई देउवाले मिस्टर चुप भनेपछि….

“आफूले आन्दोलन गरेर पाएका कुराको क्रेडिट समेत लिन सक्नु भएको छैन उहाँहरुले, अहिलेको प्रस्तावलाई एक कदम अगाडि वा सकारात्मक तर अझै थप कुरा आवश्यक भन्ने ढंगले स्वागत गर्न सकेको भए उहाँहरुको राजनीति पाको देखिन्थ्यो”, मन्त्री नायकले हेडलाइन्ससँग भने ।

अहिले ७ प्रदेशमा अखण्ड र खण्ड भन्दै विरोध भैरहेपनि अन्ततः देश क्लष्टर मिलाउँदा १० वा १४ प्रदेशमा जाने उनको भनाइ छ । जनताले सुविधा र सुगमता खोज्ने भएका कारण प्रदेश विभाजन हुँदै जाँदा देश माओवादीले प्रस्ताव गरेको जस्तै १४ प्रदेश वा अघिल्लो संविधान सभामा संघीय सीमा निर्धारण आयोगले प्रस्तुत गरेको प्रतिबेदनको सुझाव जस्तै १० प्रदेशमा जाने मन्त्री नायकले तर्क गरे ।

ajay-shankar-nayak-minister-interview

सरकारले ल्याएको प्रस्ताव राष्ट्रघाती भएको आरोप लगाउने एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघि आफूले राष्ट्रघाती प्रस्तावमा हस्ताक्षर गरेको स्वीकार गरेमा आफूहरु बैकल्पिक छलफलका लागि तयार रहेको भन्दै उनले चुनौति दिएका छन् ।

“अहिलेको प्रस्ताव पुरानो एमाले र कांग्रेसबाट प्रस्ताविक मस्यौदामा आधारित छ, जसमा ओलीजीले प्रत्येक पन्नामा हस्ताक्षर गर्नु भएको छ । त्यसो भए त उहाँहरुले आफूले ल्याएको प्रस्ताव राष्ट्रघाती थियो अहिले त्यही आयो भन्न सक्नु पर्‍यो नि, उहाँ जस्तो राष्ट्रिय नेताले यति सस्तो प्रोपोगाण्डा गर्न सुहाउँछ ?”, मन्त्री नायकले प्रश्न गरे ।

अति भएपछि प्रचण्डले ओलीलाई दिए स्वीकार गर्न नसक्ने च्यालेञ्ज

अहिले ५ नम्बर प्रदेश फुटाउन नहुने भन्दै देखिएको जनआक्रोश स्वभाविक भएपनि नेताहरुले भावनात्मकरुपमा भड्काएको उनले आरोप लगाए । सरकार आफ्नो प्रस्तावमा रिजिड नरहेको भन्दै उनले स्वीकार्य विकल्प आए प्रस्ताव परिमार्जन हुन सक्ने स्पष्ट पारे । अहिले सरकारले ल्याएको प्रस्तावले देशलाई चुनावमा लैजान मार्ग प्रशस्त गर्ने भएकाले एमालेले पनि यसलाई सहयोग गर्नु पर्ने र मोर्चाको अधिकतम माग संबोधन हुने भएकाले मोर्चाले विरोध गर्दै हिँड्न नहुने मन्त्री नायकको भनाइ छ ।

मन्त्री नायकसँगको विस्तृत अन्तर्वार्ता छि्ट्टै प्रकाशित हुनेछ- सम्पादक