एजेन्सी । अन्ततः सोनी टेलिभिजन च्यानलले ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय गरेको छ । तर यो निर्णय सोनी टेलिभिजनले कुनै विशेष कारण नभई कपिल शर्माको स्वास्थ्यलाई ध्यानमा राखेर गरेको भारतीय संचारमाध्यामहरुले जनाएका छन् ।

लामो समयदेखि कपिल अस्वस्थ भएपछि नयाँ श्रृंखला सुटिङ गर्न नपाएको र च्यानलले पुरानै श्रृंखलाहरु दोहोर्याउनुपरेपछि शो बन्द गर्ने निश्कर्षमा सोनी टेलिभिजन पुगेको हो ।

च्यानलका प्रवक्ताले हालै दिएको एक अन्तरवार्तामा द कपिल शर्मा शो तत्कालका लागि अस्थायी रुपमा मात्रै बन्द गरिएको बताएका थिए । अस्वस्थ भएपछि कपिलले पछिल्लो समय नयाँ श्रृंखला सुटिङ गर्न सकेका छैनन् । थुप्रै बलिउड स्टारहरु उनको शोको सुटिङका लागि आएपनि कपिल आउन नसकेपछि विना सुटिङ फर्किएका थिए ।