३१ भदौ, काठमाडौं ।
नेपाल आर्मी क्लवले अन्तर्रा्ष्ट्रिय स्तरको एथ्लेटिक्स ट्र्याकसहितको फुटबल मैदान निर्माण सम्पन्न गरेको छ ।सैनिक मुख्यालय भद्रकालीमा अवस्थित मैदानको शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे ।

रंगशाला निर्माणमा १४ करोड खर्च लागेको छ । जसमध्ये एथ्लेटिक्स ट्र्याक निर्माणका लागि ८ करोड ६५ लाख र फुटबलमैदानका साथै रंगशाला बाउण्ड्रीका लागि ५ करोड ३५ लाख खर्च भएको छ । एथ्लेटिक्स ट्र्याकमात्रै ६ करोड मूल्य बराबरको छ ।

फुटबल मैदानमा पहिलो खेलका रुपमा प्रधानसेनापति ट्रफीको फाइनल अन्तर्गत १६ नम्बर बाहिनी र पश्चिम पृतनाबीच फुटबल खेलाइएको थियो । जसमा पश्चिम पृतनाले उपाधी हात पार्यो । कार्यक्रममा प्रधानसेनापती कपका बिजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।