धर्म के हो? भगवान को हुन्? यी प्रश्नको पूर्ण जवाफ सायद कसैले पनि दिन सक्दैनन्। हरेक धर्मले ‘धर्म’को अर्थ अनि ‘भगवान’को अस्तित्वलाई फरक-फरक ढङ्गले व्याख्या गरेको छ। फेरि भिन्नाभिन्नै धर्मावलम्बीहरूको बीचमा पनि यहि प्रसङ्गमा चर्काचर्की पनि चल्ने गर्दछ।

यसै सन्दर्भमा बुद्ध शुत्रमा एक कथाप्रसङ्ग उल्लिखित छः

‘धर्म’ र ‘भगवान’को विषयमा कुराकानी गरिरहेका थिए। तर कोहि पनि एक-अर्काको कुरामा सहमत हुन नसकेपछि एक हुल मानिस बुद्ध’ को शरणमा पुगे। सोधे- “हे महापुरुष! धर्म के हो? भगवान कस्तो हुन्छ?”26

जस्तोसुकै जटिल प्रश्नको पनि सजिलै उदाहरण दिएर उत्तर दिन सक्ने खुबी भएका बुद्धले आफ्ना चेलाहरूलाई एक विशाल हात्ती र ४ जना अन्धा पुरुषहरूलाई बोलाउन आदेश दिए। त्यसपछि ती अन्धा पुरुषहरूलाई हात्तीलाई छाम्न लगाए र ‘हात्ती कस्तो छ’ भनेर सोधे।

पहिलो अन्धो पुरुषले हात्तीको खुट्टा छामे र भने ‘हात्ती त खम्बा जस्तो हुँदो रहेछ’। दोश्रोले हात्तीको ज्यान छामेर भने ‘हात्ती त भित्ता जस्तो हुँदो रहेछ’। त्यसरी नै तेश्रो पुरुषले कानलाई छाम्दै भने ‘हात्ती त बाक्लो लुगा जस्तो हुँदो रहेछ’। अनि अन्तिममा चौथो पुरुषले पुच्छरलाई छाम्दै भने ‘हात्ती त मोटो धागो जस्तो हुँदो रहेछ’।elephant-tight-cropped

फेरि ती ४ अन्धा पुरुषहरूको बीचमा पनि ‘हात्ती’को रूपको बारेमा बहस हुन थाल्यो। र बुद्धले ती सर्वसाधारणहरूलाई सोधे- “सबै अन्धा पुरुषले हात्तीलाई छोए तर सबैले फरक-फरक उत्तर दिए। अब तिमी नै भन कुन उत्तर सही हो?”

“सबैजनाले सही उत्तर दिए”, उनीहरूले भने।

“सबैले हात्तीको एउटा-एउटा अङ्गलाई महशुस गरे, तर पूरै अङ्गलाई छुन सकेनन् त्यसैले उनीहरू सबैको उत्तर अपूर्ण थियो। भगवान र धर्मको विषय पनि यस्तै हो। सबै धर्मले आफूले बुझेको, देखेको र सुनेको कुरा विश्वास गर्ने गर्छन्। हुन त सबै धर्म सही छ तर कुनै पनि पूर्ण छैनन्।”

यो पनि हेर्नुहोस्-
जब स्त्रीले बुद्धलाई सोधिन् ‘युवावस्थामा मै पहेलो वस्त्र किन लगाएको?’
जीवनमा खुसि ल्याउने बुद्धका १० वाणी
गौतम बुद्धको अति प्रभावशाली उपदेश
आधुनिक युगको लागि बुद्ध का ९ सन्देश