१ जेठ , बाबियाचौर(म्याग्दी)।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार विजयी भएका छन् ।

केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) र वीरबहादुर पौडेल (१९९) प्राप्त गरी निर्वाचित भएकप निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुईवटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा आठ मत बदर भएको थियो ।

अन्नपूर्ण–१ मा एमाले विजयी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा (एमाले)का दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका  छन्
।निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्र्रसाद पुर्जा विजयी भएका हुन ।

दोवाबाट गाउँपालिकामा अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाइजाले ३३६, काँग्रेसकी केशमाया मगरले २०४ मत प्राप्त गरेकी छन् । वडा अध्यक्षमा काँग्रेसका प्रत्यासी कमल पुनले २०३ मत प्राप्त गरेका थिए ।

आठ सय ६३ जना मतदाता रहेको कैलाश मावि, दोवा मतदान केन्द्रमा ५७४ मत खसेको थियो । रासस