१ जेठ, चितवन ।

अपहरणमा परेका भनिएका एकजना उम्मेदवार गएराती परिवारको सम्पर्कमा आएका छन् । चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल हिजो विहानैदेखि सम्पर्क विहिन भएका थिए ।

उनीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप माओवादी केन्द्रले लगाएको थियो ।