५ साउन, काठमाडौं ।

सिंगापुरमा जारी १९ वर्ष मुनीको आइसीसी विश्वकप छनौट क्रिकेटमा नेपालले बलियो प्रतिद्धन्द्धी अफगानिस्तानबाट १९१ रनको विजयी लक्ष्य पाएको छ । टस हारेर पहिलो व्याटिङमा तानिएको अफगानिस्तानले २ बल बाँकी छँदै सबै विकेट गुमाएर १९० रन बनाउन सक्यो ।

यसअघिका दुई खेलमा उत्कृष्ट बलिङ गरेको नेपालले आज त्यो लय समाउन सकेन । यसअघि नेपालले सिंगापुर र मलेसियालाई ८० रन कटाउन नदिइ सबै विकेट झार्न सफल भएको थियो ।

सिंगापुर र मलेसियाविरुद्ध पाँच पाँच विकेट लिन सफल भएका कप्तान सन्दिप लामिछानेले आज भने २ विकेट मात्र लिए । नेपालका सहाव आलमले ३, पवन सर्राफले २ तथा किसोर महतो र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट हात पारे ।

नेपालले अहिले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ । विश्वकफ खेल्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दवाव छ । शिर्ष स्थानमा रहने टोलिले विश्वकप खेल्न पाउनेछ ।