१२ भदौ, काठमाण्डौ ।

हिजो युएई विरुद्ध सानदार प्रदर्शन गरेके नेपालले आज अफगानिस्तानसँग लज्जास्पद हार बेहोरेको छ । नेपाल आज अफगानिस्तानसँग १० विकेटले पराजित भएको हो ।

एसीसी अन्डर नाईन्टिन प्रिमियर लीग क्रिकेटमा नेपाले अफगानस्तानसामु पेश गरेको १ सय २४ रनको झिनो लक्ष्य अफगानिस्तानले विना विकेटको क्षतिमा २५ ओभरमा भेट्टायो । अफगानिस्तानका लागि नसिर खानले ५७ र हजरातुल्लाहले ६८ रनको योगदान गरे ।

टस जितेर पहिला व्याटिङ गरेको नेपाल, ४७ दशमलव ५ ओभरमा सवै विकेट गुमाउदै १ सय २३ रनमा समेटिएपछी अफगानिस्तानले जितका लागी १ सय २४ रनको लक्ष्य पाएको थियो । नेपालको सुरुवाती राम्रो हुन सकेन ।

३ रन जोड्दा ३ विकेट गुमाएको नेपालले २३ रन जोड्दा थप अर्को विकेट गुमाएपछी नेपालको व्याटिङ लाइन धरासायी बन्यो । तर नेपालका सुनिल धमलाले ५ विकेटका लागीे योगेन्द्रसिंह कार्किसँग ५५ रनको महत्वपुर्ण साझेदारी गर्दै नेपालको पारी उकासेका थिए ।

धमलाले ५ चौकाको मद्धतमा ४६ रनको योगदान दिए । योगेन्द्रसिंह कार्की र प्रेम तामाङले समान २०÷२० रन जोडे । त्यस्तै दिपेन्द्रसिँह ऐरिले १० रन जोडेपनि अन्य व्याट्सम्यानले दोहोरो अङक जोड्न सकेनन । सन्दीप सुनार र राजवीर सिंहले खाता नै खोल्न सकेनन् भने आरिफ शेखर र सौरभ खनालले दुई–दुई रन जोडे ।

त्यस्तै हिजो युएइविरुद्ध अर्धसतकिय पारी खेलेका कप्तान राजु रिजाल एक रन वनाएर पेभलियन फर्किए । प्रतियोगितामा नेपालले अब कुवेत, मलेशिया र साउदी अरेबियासंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका तीन शीर्षटोली १९ वर्षमुनीको एशियाकप क्रिकेटका लागि छनोट हुनेछन ।